के हो आईपी ६७ र आईपी ६८ रेटिङ, स्मार्टफोनमा किन हुन्छ यसको चर्चा?

Technology Khabar २३ असार २०७८, बुधबार

के हो आईपी ६७ र आईपी ६८ रेटिङ, स्मार्टफोनमा किन हुन्छ यसको चर्चा?
Global IME Bank

काठमाडौं ।

आजभोलि स्मार्टफोनमा स्क्रीन, प्रोसेसर तथा र्यामको साथमा आईपी रेटिङको पनि निकै चर्चा हुने गर्छ।

कुनै फोन आईपी ५२ रेटिङसहित सार्वजनकि हुन्छ भने कुनै आईपी ६७ वा आईपी ६८। यी सबैमध्ये आईपी६८ अत्याधुनिक भर्सन हो।

यस्तोमा सामान्य यूजर्सका मनमा आईपी रेटिङ के होला भन्ने प्रश्नउब्जनु स्वाभाविकै हो। यहाँनेर प्रश्न उठ्छ आईपी रेटिङ तथा यसको फाइदा के हो त?

यसबाहेक अलग अलग आईपी रेटिङको अर्थ के हुन्छ भन्ने पनि अर्को महत्वपूर्ण प्रश्न हुन सक्छ।

यदि नयाँ फोन किन्दै हुनुहुन्छ भने यो जानकारीले तपाईंलाई आफ्नो बजेट अनुसारको स्मार्टफोन किन्दा आईपी रेटिङलाई पनि मध्यनजर गर्न धेरै हदसम्म सघाउँछ।

आईपी कोडको पूरा रुप इनग्रेस प्रोटेक्शन रेटिंग हुन्छ भने कतै कतै इन्टरनेशनल प्रोटेक्शन रेटिं पनि भन्ने गरिन्छ। यसमा दुई अक्षरपछि आउने अंकले यसले डिभाइसको सुरक्षा स्ट्रान्डर्ड तय गर्छ।

आईपी रेटिङलाई आईईसी अर्थात् इन्टरनेशनल इलेक्ट्रोनिकल कमिशनद्वारा निर्क्योल वा अनुमोदन गरिन्छ।

यसले रेटिङ ठोस कुराहरु जस्तै हात तथा औंला र शरीरका अंगहरुसमेत र धुलो आकस्मिक सम्पर्क बिजुली तथा पानीको विरुद्धमा डिभाइसलाई प्रदान गरिएको सुरक्षालाई जनाउँछ।

आईपीपछाडि दिइएको अंकमार्फत् आईईसी कम्पनीले डिभाइसको धुलो तथा पानीलाई कतिसम्म छेक्न सक्छ भन्ने दावीलाई १० पूर्णाङक मानेर अंक प्रदान गर्छ।

आईपीपछाडिको ५२ ६७ वा ६८ मध्ये पहिलो अंक ५ वा ६ ले डिभाइसको धुलो छेक्ने क्षमताको स्तर जनाउँछ भने पछाडिका २, ७ वा ८ ले पानी छेक्ने शक्तिको स्तरलाई जनाउँछ।

कुनै डिभाइसमा आईपीपछाडि xलेखेर कुनै अंक लेखिएको छ भने यसले उक्त डिभाइसले पानी मात्र छेक्छ तर धुलो छेक्न सक्दैन भन्ने बुझाउँछ।

आईपी५२ रेटिङको डिभाइसले थोरै धुलो र पानीको छिटाबाटमात्र जोगाउँछ भन्ने बुझ्नुपर्छ।

यस्तै आईपी६७ रेटिङ छ भने यसले धुलोबाट पुरै जोगाउँछ तर एक मिटरसम्मको गहिरो पानीमा ३० मिनटसम्म जोगाउन सक्छ। त्यस्तै आईपी ६८ भएको डिभाइसले धुलोबाट पुरै जोगाउँछ भने डेढ मिटरसम्म गहिरी पानीमा ३० मिनेटसम्म जोगाउन सक्छ भन्ने बुझाउँछ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ असार २०७८, बुधबार