स्न्यापड्रागन ६६२ चिप र ६४ मेगापिक्सेल क्यामरायुक्त ह्वावे नोभा ८आई सार्वजनिक

Technology Khabar २३ असार २०७८, बुधबार

स्न्यापड्रागन ६६२ चिप र ६४ मेगापिक्सेल क्यामरायुक्त ह्वावे नोभा ८आई सार्वजनिक
Global IME Bank

काठमाडौं ।

 

चिनियाँ टेक जायन्ट ह्वावेले नोभा ८ सिरिजको नयाँ डिभाइस नोभा ८आई ल्याएको छ।

हालसम्म नोभा ८ फाइभजी, नोभा ८ प्रो फोरजी, नोभा ८ प्रो फाइभजी र नोभा ८ एसई बजारमा ल्याइसकेको कम्पनीले अब यसै लाइन अपको पाँचैं स्मार्टफोन नोभा ८आई सार्वजनिक गरेको हो।

यो डिभाइसमा वरिपरी १.३ एमएम बेजलले घेरिएको ह्वावेको एजलेस डिस्प्ले दिएको छ।

यो डिस्प्ले ६.६७ इन्चको फुल एचडी+ एलसीडी स्क्रीन हो जसमा माथिको बायाँपट्टि औषधीकी चक्की आकारको १६ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ।

ह्वावे नोभाआईको पछाडिको प्यानलमा ६४ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप दिइएको छ।

स्न्यापड्रागन ६६२ चिपसेट रहेको यो डिभाइसमा ६ र ८ जीबी र्यामको अप्शनसकित १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ।

यसबाहेक एन्ड्रोइड १० ओएस र ईएमयूआई ११ रहेको यो फोनमा पावरका लागि ६६ वाट फास्ट चार्जिङ सपोर्टसहितको ४३०० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

कम्पनीले यो चार्जरमार्फत् १७ मिनेटमा ६० प्रतिशत तथा ३८ मिनेटमा डिभाइस पूरा चार्ज हुने दावी गरेको छ।

मूनलाइट सिल्भर, इन्टरस्टेलर ब्लू तथा स्टारी ब्ल्याक गरी तीन रंगमा उपलब्ध हुने यो स्मार्टफोनको मलेशियामा ८/१२८ जीबी भेरियन्टको १ हजार २९९ मलेशियन रिंगिटमा कम्पनीको अनलाइन स्टोरमा प्रि अर्डर खुलाइएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २३ असार २०७८, बुधबार