टिसिएलको नयाँ वासिङ मेसिन बजारमा

Technology Khabar २३ असार २०७८, बुधबार

टिसिएलको नयाँ वासिङ मेसिन बजारमा

काठमाडौं ।

इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलको वासिङ मेसिन बजारमा आएको छ।

विशेषतः फ्रन्ट लोडिङ्ग मोडलमा उपलब्ध टिसियलका वासिङ मेसिनका नयाँ मोडलमा स्मार्ट विशेषताहरु छन्।

फ्रन्ट लोडिङ् वासिङ मेसिनमा अधिक–हाई तापक्रममा स्टेरलाईज गर्ने र कम पानीमै धेरै लुगा धुन मिल्ने क्षमता छ।

त्यस्तै, न्यूनतम २० डिग्री सेन्टिग्रेट तापक्रममा १५ मिनेटको अवधिभित्रै लुगा धुन मिल्ने यस वासिङ मेसिनमा लुगा घट्ने वा खुम्चिने समस्या नआउने कम्पनीले बताएको छ।

बिएलडिसी मोटर जडित, यस वासिङ मेसिनमा १० वर्षको मोटर वारेन्टी र ५ वर्षको पिसिबी वारेन्टी छ। पीसिरिज मोडलमा उपलब्ध टिसियलका वासिङ मेसिनहरु ८ केजी र १० केजीका मोडलहरुमा उपलब्ध छन्।

टिसिएल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ।

easy care

प्रकाशित: २३ असार २०७८, बुधबार