Technology Khabar २२ असार २०७८, मंगलवार
काठमाडौं ।
एप्पलले आईफोन १३ मा अहिलभन्दा अझ द्रुत गतिको वायरलेस चार्जिङ सपोर्ट वा रिभर्स चार्जिङको फिचर थप्ने भएको छ।
हालै म्याक्स वेनब्याचकले बाहिर ल्याएको चर्चा अनुसार आईफोन १३ को लाइनअपमा यसअघिको आईफोन १२ को तुलनामा ठूलो साइजको चार्जिङ क्वाइल रहने बुझिएको छ।
यो परिवर्तनदलाई सम्भावित दुई प्रकारले व्याख्या गर्न सकिन्छ। यीमध्यै स्वाभाविक भनेको यसमा लाग्ने ठूलो साइजको क्वाइलले ताप व्यवस्थापन राम्ररी गर्ने भएकाले धेरै वाटको आउटपुट अर्थात् फास्ट चार्जिङको क्षमता बढाउँछ।
यसबाहेक मोबाइल फोनमा ठूलो साइजको क्वाइल राखिएपछि त्यसले फास्ट चार्जिङ क्षमतामात्र बढाउने नभइ रिभर्स चार्जिङ अर्थात् अन्य डिभाइसलाई समेत चार्ज गरिदिन सक्छ। यो फिचर एन्ड्रोइड फोन निर्माताहरुले प्रदान गर्दै आएकामा अब भने प्रतिस्पर्धा हुने देखिन्छ।
केही समययता चर्चामा आएको आईफोनमा म्यागसेफका लागि अझ बढी क्षमताको चुम्बक प्रयोग हुने भन्ने तथ्य र हालको चार्जिङ क्वाइलको साइज बढाउने दुवैले फास्ट चार्जिङ क्षमता बढाएर रिभर्स चार्जिङ पनि गर्नसक्ने कुरालाई नै जनाउँछ।
प्रकाशित: २२ असार २०७८, मंगलवार