Technology Khabar २२ असार २०७८, मंगलवार
काठमाडौं ।
शुरुवातमा स्मार्टफोनमा लक प्रणाली सुरु गरिएको थियो जसले प्रयोगकर्ता बाहेक अरू कसैले फोन चलाउन नसकोस् भन्ने उद्धेश्य थियो । जब यस टेक्नोलोजीको प्रगति भयो, यसमा पिन र प्याटर्नको शुरूवात भयो। केही समय पछि टेक्नोलोजी अगाडि बढ्दै गयो र फिंगरप्रिन्ट स्क्यानर आयो।
अब भने एडभान्स प्रविधिअन्तरगत स्मार्टफोनलाई अनुहार अगाडि राखेर मात्र फोनको लक खुल्दछ। अनुहारले फोन कसरी खोल्दछ, आखिरमा यसको पछाडि के टेक्नोलोजी छ? यो एक ठूलो प्रश्न हो। त्यसको एक मात्र उत्तर अनुहार पहिचान टेक्नोलोजी अर्थात फेशियल रिकोग्निसन (Facial Recognition Technology) हो।
यहाँ थाहा पाउनुहोस यो के हो र यसले कसरी कार्य गर्दछ।
फेशियल रिकोग्निसन टेक्नोलोजी भनेको के हो ?
फेशियल रिकोग्निसन टेक्नोलोजी वास्तवमा बायोमेट्रिक टेक्नोलोजीको एक हिस्सा हो जसले एक व्यक्तिलाई उसको अनुहारबाट पहिचान गर्न मद्दत गर्दछ। व्यक्तिहरूले यसलाई बायोमेट्रिक आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) आधार एपको रूपमा पनि चिन्दछन् जुन एक व्यक्तिलाई उसको र उनको आँखा रेटिना, नाक, अनुहारको आकार अनुसार पहिचान गर्न प्रयोग गरिन्छ।
फेशियल रिकोग्निसन प्रणाली फोटो, भिडियो वा वास्तविक समयमा व्यक्ति पहिचान गर्न प्रयोग गरिन्छ। यद्यपि कहिलेकाहिँ यो खतरनाक पनि हुन सक्छ, किनकि पहिचान प्राप्त डाटामा त्रुटि हुने जोखिम हुन सक्छ जसले पुलिस प्रमाणिकरणको समयमा निर्दोष मानिसहरूलाई अपराधी बनाउन सक्छ।
टेक्नोलोजीले कसरी काम गर्दछ ?
फेशियल रिकोग्निसन टेक्नोलोजीले एक एल्गोरिदम स्केलमा काम गर्दछ जहाँ तपाईँले कुनै मानिसको अनुहार हेरेर पहिचान गर्नुहुन्छ र उसलाई तपाईले देख्नुहुन्छ, तर टेक्नोलोजीले अनुहारको डाटा मात्र देख्दछ। त्यो डाटा भण्डारण गर्न सकिन्छ र पहुँच गर्न सकिन्छ। यो प्रविधिले सो राखिएको डाटा पढेर फोनको लक खोल्दछ। यो प्रविधि आजकल प्राय जसो स्मार्टफोन सुरक्षाको लागि प्रयोग भइरहेको छ।
प्रकाशित: २२ असार २०७८, मंगलवार