चीनका ६१८ किनमेल महोत्सवमा स्मार्टफोनको वार्षिक बिक्री ७ प्रतिशतले वृद्धि

Technology Khabar २१ असार २०७८, सोमबार

चीनका ६१८ किनमेल महोत्सवमा स्मार्टफोनको वार्षिक बिक्री ७ प्रतिशतले वृद्धि

काठमाडौं ।

चीनमा यो वर्षको मध्यमा अर्थात् जुन महिनामा भएका ६१८ ओटा किनमेल महोत्सवहरु चीनभित्र र बाहिर हुने ई कमर्स गतिविधिहरुमध्येको एक भएको छ।

यो वर्षको गतिविधि गत वर्षक कोरोना महामारीका कारण भएको लकडाउनका बीच स्मार्टफोन बिक्रीमा परेको नकारात्मक असरपछिको पहिलो हो।

यसैले फोन निर्माताहरुले यो गतिविधिमा सकेसम्म बढी फोन बिक्री गर्ने योजना बनाएका थिए। उनीहरुको योजना लगभग सोचे अनुरुप नै भयो।

काउन्टरप्वाइन्टको तथ्याङ्क अनुसार ६१८ किनमेल उत्सवमा उल्लेख्य मात्रमा स्मार्टफोन बिक्री भएर वार्षिक ७ प्रतिशतको वृद्धि भएको छ। ती उत्सवहरु जुनको शुरुवाती तीन हप्ता सञ्चालन भएका थिए।

यसअघिका दुई महिना अप्रिल र मे मा स्मार्टफोनको बिक्रीमा निकै ह्रास आएको थियो।

आँकडामा भिभो सबैभन्दा बढी बिक्री हुने ब्रान्डमा परेको छ जसले  मुख्य ८ कम्पनीले बिक्री गरेका मध्ये २३ प्रतिशत बजार हिस्सा ओगटेको छ।

यसैगरी ओपो २१ प्रतिशत बजार हिस्सासहित दोस्रो नम्बरमा रहेको छ। शाओमी १९ प्रतिशत बजार ओगट्दै तेस्रो नम्बरमा परेको छ।

काउन्टरप्वाइन्टका अनुसार ह्वावे तथा अनरका फोनहरुको अनुपस्थितिका कारण अन्य कम्पनीका यति मात्रामा बिक्री सम्भव भएको हो। यी दुई कम्पनीहरु गत वर्ष बिक्रीका हिसाले पहिलो र दोस्रो नम्बरमा थिए।

उनीहरुको बिक्री क्रमश: ६८ र ४९ प्रतिशतले बढेको थियो। अमेरिकामा प्रतिबन्ध लागेपछि ह्वावेको व्यापार खस्कियो र उसले अनर फोन बिक्री गर्न थाल्यो।

अहिले अनर पनि छुट्टै ब्रान्ड भएको छ भने ६१८ किनमेल उत्सवका बेला ७ प्रतिशत हिस्सा ओगट्न सफल भयो। उसको बिक्री गत मे महिनाको तुलनामा १५ प्रतिशतले बढेको हो।

एप्पलले पनि यो अवधिमा राम्रै व्यापार गर्यो। उसको बिक्रीमा १६ प्रतिशतको वार्षिक वृद्धि देखियो र चाैथो स्थानमा रह्यो । पाँचाैं नम्बरमा भने चीनकै अर्को कम्पनी रियलमी पर्न सफल भयो।

easy care

प्रकाशित: २१ असार २०७८, सोमबार