वनप्लस र फाइन्ड एक्स सिरिज ओपोको फ्ल्यागशिप लाइनमा आउने खुलासा

Technology Khabar २१ असार २०७८, सोमबार

वनप्लस र फाइन्ड एक्स सिरिज ओपोको फ्ल्यागशिप लाइनमा आउने खुलासा

काठमाडौं ।

प्रत्येक साता ओपोको उप-ब्रान्डको रूपमा वनप्लसको भविष्यको बारेमा थप विवरणहरू आईरहेकाछन्। केहि दिनअघि वनप्लसको अक्सिजन ओएसको लागि कोडबेस अब कलर ओएसको साथ एकीकृत हुने जानकारी आएको थियो। त्यो सफ्टवेयरको बारेमा हो।

अब भने हार्डवेयरको पार्टको बारेमा थप जानकारीहरु बाहिर आएका छन् । एक चिनियाँ ‘लीकर’ले वेइबोमा ओपोको हार्डवेयर योजनाहरूको बारेमा विवरणहरूमा खुलासा गरेको छ।

गिज्मोचाइनाकाअनुसार सोशल मिडिया प्लेटफर्ममा “आर्सेनल” भनेर चिनिने लीकरले वेइबो पोष्टमा वनप्लस ओपोको नयाँ हाइइन्ड उत्पादन लाइन बन्ने जानकारी दिएका छन् । उनी भन्छन्, वनप्लस फोनहरू ह्वावेको पी श्रृंखलाको जस्तै उच्च फेसनमा राखिने छ र उनीहरूको बिक्रीको केन्द्रमा क्यामरा परफरमेन्स हुनेछ।

ओपोको फाइन्ड एक्स श्रृंखला निर्माताको दोस्रो फ्लागशिप लाइन हुने पनि लीकरले सार्वजनिक गरेका छन्। पोष्टले भनेअनुसार फाइन्ड एक्स श्रृंखला नयाँ विकसित फिचरहरू डेब्यू गर्नका लागि पहिलो फोनहरु हुनेछ र यो ह्वावेको मेट श्रृंखलाको जस्तै स्थितिमा हुनेछ।

यी जानकारीहरु लीक गर्ने लीकरले विगतमा भरपर्दो जानकारी प्रदान गरेको हुँदा यस बारेमा पनि सहि जानकारी आएको अनुमान गरिएको छ।

वनप्लसलाई अधिग्रहण गरेसँगै दुबै कम्पनीहरूले कसरी काम गर्ने भन्ने कुरामा परिवर्तनहरू हुने अपेक्षा गरिरहेको बेलामा नयाँ जानकारीहरु आएका हुन् । सम्भवतः अर्को वर्षमा यसले प्रभाव पार्नेछ।

easy care

प्रकाशित: २१ असार २०७८, सोमबार