इन्स्टाग्राम अब फोटो शेयरिङ एप मात्र रहेन: कम्पनी प्रमुख

Technology Khabar १८ असार २०७८, शुक्रबार

इन्स्टाग्राम अब फोटो शेयरिङ एप मात्र रहेन: कम्पनी प्रमुख

काठमाडौं ।

इन्स्टाग्रामका प्रमुख अदाम मोसेरीले हालै ट्विटरमार्फत् कम्पनीको यो वर्षको उत्तरार्द्धको योजनाका बारेमा जानकारी दिएका छन्।

पोस्ट गरिएको भिडियोमा मोसेरीले केही महिनाभित्र इन्स्टाग्राममा आउनसक्ने परिवर्तन तथा कम्पनीले आगामी दिनमा केन्द्रित गर्न खोजेका विषयका बारेमा बताएका छन्।

मोसेरीको भिडियोमा धेरैले याद गरेको तथ्य भनेको कम्पनीको सेवाको प्रकृति हो। उनले भिडियोको आधा भागतिर भनेका छन्, ‘हामी अब फोटो शेयरिङ एप मात्रै रहेनाैं।’

उनका अनुसार कम्पनी अब सर्जक, भिडियो, शपिङ तथा मेसेजिङ गरी चार विषयमा केन्द्रित हुनेछ। इन्स्टाग्रामले आफूलाई यूट्युब तथा टिकटकजस्तो मनोरञ्जनात्मक प्लेटफर्मका रुपमा विकास गर्न खोजेकाले भिडियोलाई मुख्य प्राथमिकतामा राख्नेछ।

मोसेरीको हालको भिडियो इन्स्टाग्रामले पहिले नगरेका र महत्वमा नराखेका विभिन्न सेवा र फिचरहरु कसरी हाल केन्द्रमा राख्न लागेको छ भनी प्रस्ट्याउन बनाइएका थुप्रै भिडियोहरुका श्रृङ्खलाहरुमध्येको एक हो।

उनले अब इन्स्टाग्रामले टिकटक तथा यूट्युबको लोकप्रियताको बाटो अवलम्बन गर्ने पनि बताएका छन्।

easy care

प्रकाशित: १८ असार २०७८, शुक्रबार