वेबका आविश्कारक टिम बर्नर्स ली को कोडिङमा गल्ती भेटियो

Technology Khabar १८ असार २०७८, शुक्रबार

वेबका आविश्कारक टिम बर्नर्स ली को कोडिङमा गल्ती भेटियो

काठमाडौं ।

सर्जक सर टिम बर्नर्स लीको हालै साढे ६४ करोड रुपैयाँमा बिक्री भएको वेब सोर्स कोड एनएफटीको कोडिङमा गल्ती भेटिएको छ।

उक्त सोर्स कोड एनएफटीका रुपमा गएको बुधबार सुदबिज् मार्फत उक्त रकममा बिक्री गरिएको थियो।

उक्त एनएफटीमा समय स्ट्याम्प गरिएको १० हजार लाइनका सोर्सकोडका सक्कली प्रति र उक्त सोर्स कोड लेख्दै गर्दाको भिडियो समावेश थियो।

उक्त गल्ती भेट्टाउने अनुसन्धाताले यो सामान्य गल्ती भएको बताएका छन्।

एफ सेक्योर नामक सेक्युरिटी कम्पनीका मिक्को हाइप्पोनेनले उक्त कोडमा ‘<‘ र ‘>’ लाई हाइपरटेक्स्ट मार्कअप ल्याङ्गवेज एचटीएमएमलमा लैजाँदा ‘&lt; &gt’ का रुपमा अनुवाद गरेको पाइएको बताएका छन्।

यस्ता गल्तीहरु आफ्ना कवड चोरी भएर दुरुपयोग नहोस् भन्नका निम्ति सर्जक आफैंले जानीबुझी गर्ने र यसलाई ‘इस्केपिङ’ भन्ने गरिएको पनि बताइएको छ। तर यो एनएफटीका हकम भने यो ‘इस्केपिङ’ नभइ गल्ती नै भएको ठहर गरिएको छ।

हाइप्पोनेनले जसरी गलत छपाइ भएको हुलाक टिकट संकलकका लागि बढी महत्वको हुन्छ त्यसैगरी यो गल्तीले उक्त एनएफटीको महत्व अझ चुल्याउने सम्भावनाका बारेमा पनि छलफल भइरहेको उनले बताए। यसबाहेक उनले उक्त एनएफटीमा आफूले बोली नलगाएको र कुनै अज्ञात क्रेताले किनेको पनि थपे।

Global Bank
easy care

प्रकाशित: १८ असार २०७८, शुक्रबार

ताजा समाचार