टेक जायन्ट गुगल र माइक्रोसफ्टबीचको समझदारी भंग

Technology Khabar १७ असार २०७८, बिहीबार

टेक जायन्ट गुगल र माइक्रोसफ्टबीचको समझदारी भंग

काठमाडौं ।

सन् २०१५ मा गुगल र माइक्रोसफ्टले प्रविधि र सेवाका बारेमा विवाद आउँदा एक आपसलाई कानुनी बाटोमा नडोहोर्याउने प्रतिबद्धतासहित गरेको समझदारी भंग भएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था फाइनान्सियल टाइम्समा जनाइए अनुसार अहिले  आएर माइक्रोसफ्ट र गुगलबीचको उक्त समझदारी दुवै कम्पनीले तोड्ने निर्णय गरेका हुन् ।

पटकपटक नवीकरण र समीक्षा गर्दै अघि बढ्ने गरी भएको उक्त समझदारीको नवीकरण मिति गत अप्रिल महीनामा थियो । तर दुवै कम्पनी एक अर्काप्रति विश्वस्त हुन् नसकेपछि समझदारी नवीकरण गरिएन।

६ वर्षअघि जुन उद्देश्यका लागि समझदारी गरिएको हो उक्त समझदारीले अपेक्षाकृत रुपमा दुई कम्पनीबीचको सहकार्यका लागि भूमिका निर्वाह गर्न नसकेको भन्दै दुवै यसलाई यहीँ निष्कर्षमा पुगेको बताइएको छ।

६ वर्षअघि पहिलोपटक समोदारी हुँदा माइक्रोसफ्ट र गुगलबीच विश्वका विभिन्न अदालतमा झण्डै २० वटा अन्तर्राष्ट्रिय मुद्दा थिए । दुवैक कम्पनीका लागि यी मुद्दा सुल्झाउने राम्रो उपायका रुपमा भएको समझदारीसँगै मुद्दाहरु खारेज भए र अन्य सबै विवादको टुंगो लाग्यो।

यसबाट गुगललाई तुलानात्मक रुपमा  बढी फाइदा भएको थियो।

एजेन्सीका साथमा

Global Bank
easy care

प्रकाशित: १७ असार २०७८, बिहीबार

ताजा समाचार