आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि बैंकको कर्जा सेवा शुरु

Technology Khabar १६ असार २०७८, बुधबार

आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि बैंकको कर्जा सेवा शुरु

काठमाडौं ।

एनएमबि बैंकले एनएमबि सापटी २.० नामक एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ ।

यस योजना अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने जनाएको छ।

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सापटीको निरन्तरता रहको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित २ लाखसम्म २४ अ‍ै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ ।

ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्ने बैंकले जनाएको छ।

Sajilo Visa

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया