रेडमी नोट १० प्रो मा २ जीबीसम्म भर्चुअल र्याम थप्न सकिने

Technology Khabar १६ असार २०७८, बुधबार

रेडमी नोट १० प्रो मा २ जीबीसम्म भर्चुअल र्याम थप्न सकिने
Global IME Bank

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो रेडमी नोट १० प्रो स्मार्टफोनमा २ जीबीसम्म भर्चुअल र्याम थप्न मिल्ने बनाएको छ।

धेरै स्मार्टफोन निर्माताहरुले कम मेमोरी भएका डिभाइसको प्रदर्शन अझ राम्रो बनाउने भर्चुअल र्याम थप्ने सुविधा अपनाउँदै आएकामा शाओमीले पनि यो सुविधा उपलब्ध गराउन लागेको हो।

यसरी स्मार्टफोनमा भर्चुअल र्याम थप्दा यसले फोनको मल्टि-टास्किङ क्षमता बढाउँछ भने धेरै एप्लिकेशन चलाउँदा ह्याङ हुने समस्या घट्छ। साथै एप्लिकेशनहरु खुल्ने समय पनि कम लाग्छ।

यो ओटीए अपडेट हालका लागि चिनमा रहेका रेडमी नोट १० प्रो फाइभजी भेरियन्टका सेटहरुमा मात्र उपलब्ध गराइएको छ। यो फिचर एक्टिभेट गरेपछि सिस्टमले २ जीबी आन्तरिक स्टोरेज थप्छ र यसलाई आवश्यक परेको बेला र्यामका रुपमा प्रयोग गर्न इजाजत दिन्छ।

यसरी हेर्दा ६ जीबी र्याम भएको डिभाइसमा ८ जीबी र ८ जीबी र्याम भएको भेरियन्टमा १० जीबीको क्षमता पुग्ने भएको छ।

यो फिचरको प्याच सानो साइजको छ भने बिस्तारै विश्वभरका सेटहरुमा उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ।

Sajilo Visa

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया