असुसको जेनफोन ८ अमेरिकामा उपलब्ध, शुरुवाती मूल्य ५९९.९९ डलर

Technology Khabar १६ असार २०७८, बुधबार

असुसको जेनफोन ८ अमेरिकामा उपलब्ध, शुरुवाती मूल्य ५९९.९९ डलर

काठमाडौं ।

असुसले आफ्नो जेनफोन ८ सिरिज अमेरिकामा उपलब्ध गराउने भएको छ।

गत मे मा सार्वजनिक भएको असुस जेनफोन ८ स्मार्टफोन आजभोलि बजारमा पाइने भन्दा निकै कम्प्याक्ट साइजको फ्ल्यागशिप फोन हो।

सार्वजनिक भएको ६ हप्तामा यो स्मार्टफोन अमेरिकाको ठूलो बजारमा उपलब्ध हुने भएको हो। यो फोन अमेरिकामा असुसको आफ्नै अनलाइन स्टोरमा शुरुवाती मूल्य ५९९.९९ डलरमा किन्न सकिनेछ।

यो शुरुवाती मूल्यमा 8 जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको अनलक्ड भर्सनको असुस जेनफोन ८ उपलब्ध हुनेछ। जुन १४ पछि भने यसको मूल्य ६२९.९९ पर्नेछ।

तत्कालका लागि ६२९.९९ डलरमा ८ जीबी र्यामसँगै २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ। अमेरिकामा उपलब्ध हुने मोडलले एटीएन्डटी, टी-मोबाइल तथा एमभीएनओ जस्ता क्यारियर सपोर्ट गर्छ भने भेरिजोन भने सपोर्ट गर्दैन।

जेनफोन ८ मा १०८०x२४०० पिक्सेल रेजोल्युशन र १२० हर्ज रिफ्रेश रेट भएको ५.९ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ।

यसैगरी स्न्यापड्रागन ८८८ चिपसेटका साथमा पछाडि ६४ मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेटअप दिइएको छ। सेल्फीका लागि अगाडि १२ मेगापिक्सेलको शूटर दिइएको छ।

यो डिभाइसमा ४००० एमएएचको ३० वाट फास्ट चार्जिङसहितको ब्याट्री दिइएको छ भने एन्ड्रोइड ११ अपरेटिङ सिस्टम र जेनयूआई ८ यूजर इन्टरफेस राखिएको छ।

Global Bank
easy care

प्रकाशित: १६ असार २०७८, बुधबार

ताजा समाचार