टीसीएल २० सिरिज स्मार्टफोन र मुभअडियो इयरबड अमेरिकामा सार्वजनिक

Technology Khabar १६ असार २०७८, बुधबार

टीसीएल २० सिरिज स्मार्टफोन र मुभअडियो इयरबड अमेरिकामा सार्वजनिक

काठमाडौं ।

चिनियाँ टेक जायन्ट टीसीएलले गत अप्रिलमा टीसीएल २० प्रो फाइभजी, टीसीएल २०एल, टीसीएल २०एल+ तथा २०एस स्मार्टफोनहरु सार्वजनिक गरेको थियो।

कम्पनीले हालै टीसीएल २० प्रो फाइभजी, टीसीएल २०एसई तथा  टीसीएल २०एसलाई अमेरिकामा पुन सार्वजनिक गरेको छ।

यो घोषणामा आएका टीसीएल २०एसई, टीसीएल २० फाइभजी तथा मुभअडियो टीडब्लूएस इयरबड यसै वर्षको सीईएस इभेन्टमा घोषणा गरिएका थिए।

यी तीनै स्मार्टफोन मोडलहरु अमेरिकामा अमेजनमार्फत् उपलब्ध हुनेछ भने मुभअडियो इयरबड पनि अमेजनमा ९९.९९ डलरमा किन्न पाइनेछ।

मुभअडियो इयरबडमा एक्टिभ न्वाइज क्यान्सिलेशन तथा ट्रान्सपरेन्सी मोड रहेको छ। यसमा ब्लूटूथ ५.० सहित स्मार्ट वयर डिटेक्शनप्ले ब्याक फङ्शन पनि रहेको छ।

आईपी५४ सर्टिफाइड भएकोले यसमा धुलो, पसिना तथा पानीले असर गर्दैन।

टीसीएल २० प्रो फाइभजी

उता टीसीएल २० प्रो फाइभजी दुई रंग मूनडस्ट ग्रे तथा मरिन ब्लूमा पाइन्छ भने यसको शुरुवाती मूल्य ४९९.९९ डलर तोकिएको छ।

क्वालकमको स्न्यापड्रागन ७५०जी चिपसेट रहेको यो डिभाइसमा ६ जीबी र्याम तथा २५६ जीबीको स्टोरेज रहेको छ।

६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको यो फोनमा क्वाड क्यामरा सेट अप दिइएको छ साथै एन्ड्रोइड ११ र टीसीएलको आफ्नै यूआईसहित उपलब्ध हुनेछ।

टीसीएल २०एस

यसैगरी टीसीएल २०एसमा पनि ६.६७ इन्चको एमोलेड स्क्रीन छ भने ४ जीबी र्याम र १२८ जीबीको आन्तरिक मेमोरी उपलब्ध छ।

टीसीएल २० एसई

यो डिभाइस यस सिरिजकै सबैभन्दा सस्तोअर्थात् १८९ डलर मूल्य बराबरको हो। ६.८२ इन्चको एलसीडी डिस्प्ले र ४ जीबी र्याम उपलब्ध यो फोनमा स्न्यापड्रागन ४६० चिपसेट राखिएको छ।

यसमा पनि पछाड क्वा क्यामरा सेटअप रहेको र अगाडि १३ मेगापिक्सेलको सेलफी शूटर दिइएको छ।

Sajilo Visa

प्रकाशित: १६ असार २०७८, बुधबार