६ महिनामा विश्वका मोबाइल एप यूजरले खर्च गरे कीर्तिमानी ६५ अर्ब डलर, कसले कति कमाए?

Technology Khabar १५ असार २०७८, मंगलवार

६ महिनामा विश्वका मोबाइल एप यूजरले खर्च गरे कीर्तिमानी ६५ अर्ब डलर, कसले कति कमाए?
Global IME Bank

काठमाडौं ।

बजार अनुसन्धान संस्था सेन्सर टावरका अनुसार विश्वभरका मोबाइल फोन प्रयोगकर्ताले गरेको खर्च ६५ अर्ब डलर पुगेको छ।

यो परिमाण हालसम्मकै उच्च हो। राजस्वको यो आँकडा एप्पल तथा गुगलका मोबाइल एप बजारबाट उल्लेख्य संकलन भएपछि सम्भव भएको हो।

अब यी दुवै कम्पनी आ आफ्ना बजार अझ मजबुत पार्नमा तल्लीन हुन थालेका छन्।

सेन्सर टावरको प्रारम्भिक आँकडा अनुसार यस वर्षको पूर्वार्द्धमा एप स्टोर तथा गुगल प्लेमा ६४ अर्ब ९० करोड डलर खर्च भएको थियो जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २० प्रतिशतले धेरै हो।

उक्त संस्थाले यस वर्षको पूर्वार्द्धमा एप्पलको एप स्टोरमा सब्स्क्रिप्शन, एप तथा इन-एप पर्चेजमार्फत् ४१ अर्ब ५० करोड डलर खर्च गरिने प्रक्षेपण गरेको छ।

यसैगरी गुगल प्लेले एपमार्फत् जुन महिनाभित्र लगभग २३ अर्ब ४० करोड डलर राजस्व उठाउने अपेक्षा पनि गरिएको छ।

यो सूचीमा टिकटकले ९२ करोड डलर कमएर यति रकम कमाउने गैर गेम मोबाइल एप बनेको छ। यो आँकडा गत वर्षको सोही अवधिको भन्दा ७४ प्रतिशतले बढी हो।

यूट्युब ५६ करोड ५० लाख डलरका साथमा सबैभन्दा धेरै राजस्व उठाउने गैर गेम एपको दोस्रो नम्बरमा परेको छ।

विश्वभरमा मोबाइल गेममार्फत् यो वर्षको पूर्वार्द्धमा ४४ अर्ब ७० करोड डलर राजस्व उठेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी हो।

चिनियाँ इन्टरनेट जायन्ट टेन्सेन्टले यो अवधिमा अनर अफ किङ्स गेममार्फत् १ अर्ब ५० करोड डलर कमाएको छ।

यो आँकडा एपिक गेम्स र एप्पलबीचको विवादका बीच अदालतको आदेशमा अनुसन्धान कम्पनी सेन्सर टावरले सार्वजनिक गरेको हो।

‘मोबाइल गेममा यूजरले गर्ने खर्च गत वर्षभन्दा सुस्त गतिमा अघि बढे पनि यसले उद्योगलाई त्यति घाटा पारेको छैन, बरु कोरोना महामारीपछि मानिसहरुको गेमप्रतिको चाहना अझ बढेकाले बजार सामान्यीकरणतिर गइरहेको छ,’ सेन्सर टावरले एउटा पोस्टमा उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया