एक मिनेटमा ७ करोड ७० लाख डलरभन्दा बढीको अनर ५० सिरिज स्मार्टफोन बिक्री

Technology Khabar १४ असार २०७८, सोमबार

एक मिनेटमा ७ करोड ७० लाख डलरभन्दा बढीको अनर ५० सिरिज स्मार्टफोन बिक्री

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरको ५० र ५० प्रो स्मार्टफोन बिक्रीका लागि उपलब्ध भएको छ।

यसैबीच कम्पनीले एक मिनेटमा ५ अर्ब युआन अर्थात् ७ करोड ७० लाख डलर बराबरको अनर ५० सिरिजका डिभाइसहरु बिक्री गरेको दावी गरेको छ।

अनर ५० तथा ५० प्रो हालका लागि चीनमा मात्र उपलब्ध छ। तर कम्पनीले यसलाई गुगल मोबाइल सर्भिस प्रि-इन्स्टल गरेर यूरोपमा पनि सार्वजनिक गर्ने योजना रहेको बताएको छ।

अनरले आफ्नो पी सिरिज गत हप्ता सार्वजनिक गरेको थियो भने यसको डिजाइन ह्वावेको आउँदै गरेको पी५० सिरिजबाट धेरै प्रभावित भएको देखिएको छ।

यी दुवै सेटमा स्न्यापड्रागन ७७८जी चिपसेट राखिएको छ भने यसको इन्ट्री लेभल अनर ५० एसई मा भने डाइमेन्सिटी ९०० चिपसेट राखिएको छ।

अनर ५० प्रो मा ६.७२ इन्चको कर्भ्ड एमोलेड डिस्प्ले दिइएको छ जसमा फुल एचडी+ रेजोल्युशन छ भने १२० हर्जको रिफ्रेश रेट रहेको छ।

यसैगरी अनर ५० मा ६.५७ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको एमोलेड डिस्प्ले दिइएको छ। अनर ५० मा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा तथा प्रो भर्सनमा भने ३२ मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड गरी डुअल क्यामरा सेटअप रहेको छ।

Global Bank
easy care

प्रकाशित: १४ असार २०७८, सोमबार