एल साल्भाडोरले बिटक्वाइन प्रयोग बढाउन खाता खोल्नेलाई ३० डलर दिने

  • Technology Khabar | १२ असार २०७८, शनिबार
एल साल्भाडोरले बिटक्वाइन प्रयोग बढाउन खाता खोल्नेलाई ३० डलर दिने

काठमाडौं ।

एल साल्भाडोरले क्रिप्टोकरेन्सी बिटक्वाइनको प्रयोग देशभर बढाउन खातामा निशुल्क रकम दिने भएको छ।

एल साल्भाडोरका राष्ट्रपतिले क्रिप्टोकरेन्सी बिटक्वाइनको प्रयोग अनिवार्य  नहुने तर यसको प्रयोगलाई बढावा दिन देशले करिब ३० डलर स्टार्टर खाताहरूलाई दिने योजना बनाइरहेको बताएका छन् ।

अर्थमन्त्री अलेजान्ड्रो जेल्यायाले बिहीबार यसको लागि सरकारले लगभग १२ करोड डलर छुट्याउने बताएका छन् । जसअनुसार अधिकतम ४० लाख भन्दा बढी स्टार्टर बिटक्वाइन खाता, वा “वालेट” स्थापना गर्नका लागि उपयोग हुनेछ, तर यदपि धेरैले यो अफर लिनेछन् भन्नेमा उनले सोचेका छैनन्। वालेटहरू चिभो (Chivo) को रूपमा चिनिनेछन्, एक स्ल्याङ्ग शब्द हो जसको अर्थ शीतल वा राम्रो हुन्छ।

एल साल्भाडोरका राष्ट्रपति नायीब बुकेलेले जब सेप्टेम्बरमा कानून लागु हुन्छ, बिटक्वाइन स्वीकार्नका लागि वैकल्पिक हुनेछ। “कसैले पनि चाँहदैन भने उनीहरुले बिटक्वाइनहरू स्वीकार्नुपर्दैन,” बुकेलेले भने।

एल साल्भाडोरको विधासभाले जुन ९ तारिखमा बिटक्वाइनलाई कानुनी कारोबारमा प्रयोग बनाउने कानून बनायो र यस्तो गर्ने पहिलो राष्ट्र हो।

जलय्याले खाताका लागि चाहिने १२० मिलियन डलर सरकारको सामान्य कोषबाट आउने बताएका छन् ।

त्यसैगरि सरकारले बिटक्वाइन प्रयोग गराउन मानिसहरुलाई यसको बारेमा तालिम पनि दिलाउने भएको छ।

अर्को तर्फ एल साल्भाडोर यसअघि नै सार्वजनिक ऋणको भारले थिचिएको छ । एजेन्सी

प्रकाशित: १२ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

China recovers rocket stage on land for first time, after earlier recovery at sea

  • Technology Khabar
  • १२ असार २०७८, शनिबार