विश्वको आधा जनसंख्याले स्मार्टफोन प्रयोग गरिरहेको अनुसन्धान तथ्याङ्क, सन् २०३० सम्म ५ अर्ब पुग्ने

Technology Khabar ११ असार २०७८, शुक्रबार

विश्वको आधा जनसंख्याले स्मार्टफोन प्रयोग गरिरहेको अनुसन्धान तथ्याङ्क, सन् २०३० सम्म ५ अर्ब पुग्ने
NTC_Advt

विश्वको सम्पूर्ण जनसंख्याको आधा अर्थात लगभग ४ अर्ब मानिसहरुसँग कम्तिमा एउटा स्मार्टफोनको स्वामित्व रहेको यहि जूनमा सम्पन्न स्ट्राटेजिक एनालिटिक्सको एक अध्ययनले देखाएको छ।

अध्ययनअनुसार सन् १९९४ मा स्मार्टफोन मालिकहरूको संख्या ३० हजार मात्र थियो र सन् २०१२ सम्म यो बढेर १ अर्ब पुगेको थियो । अब भने यस वर्षको जूनमा यो संख्या ३.९५ अर्ब पुगेको थियो।

यस पृथ्वीमा करिब ७.९५ अर्ब मानिसहरु रहेको अनुमान छ। यसको अर्व करिब आधा जनसंख्यामा स्मार्टफोनको पहुँच पुगेको छ । अनुसन्धानकर्ता यीवेन यूकाअनुसार ५० प्रतिशत भन्दाबढि पुग्नका लागि करिब २७ वर्ष लागेको छ ।

‘स्मार्टफोन अहिलेको सबैभन्दा सफल कम्प्युटर हो,’ अनुसन्धानकर्ताको नोटमा भनिएकोछ। जसमा सन् २०३० सम्ममा यो संख्या बढेर ५ अर्ब मानिसहरुले स्मार्टफोन प्रयोग गर्ने अपेक्षा गरिएको छ।

स्ट्राटेजिक एनालिटिक्स वरिष्ठ निर्देशक लिन्डा सुईकाअनुसार सन् १९९४  मा विश्वको पहिलो आधुनिक स्मार्टफोन आईबीएम साइमन आएको थियो र यो अमेरिकामा व्यावसायिकरूपमा सुरू गरिएको थियो। यसपछि अन्य प्रसिद्ध मोडेलहरू पनि आए, जस्तै सन् १९९८ मा आएको नोकिया ९११० कम्युनिकेटर र २००० मा युरोपका लागि एरिक्सन आर ३८० आएका थिए। एप्पल आईफोनले स्मार्टफोनलाई सन् २००७ मा लोकप्रिय बनाएको थियो । गुगल एन्ड्रोइडले सस्तो सफ्टवेयर प्लेटफर्मको साथ सन् २००८ बाट स्मार्टफोनलाई प्रजातान्त्रित गर्‍यो।

प्रकाशित: ११ असार २०७८, शुक्रबार