ज्याक डोर्सी र इलन मस्कबीच ट्विटरमा भएको कुराकानी भाइरल, यस्तो थियो जुहारी

Technology Khabar ११ असार २०७८, शुक्रबार

ज्याक डोर्सी र इलन मस्कबीच ट्विटरमा भएको कुराकानी भाइरल, यस्तो थियो जुहारी

काठमाडौं ।

ट्विटरका सीईओ ज्याक डोर्सी र टेस्लाका सीईओ इलन मस्कबीच भएको एउटा ट्विटर कुराकानी भाइरल भएको छ। यसमा थुप्रैले रमाइला कमेन्ट पनि गरेका छन्।

यो कुराकानीको शुरुवात डोर्सीको ट्वीटबाट भएको थियो। उनले बिटक्वाइन विकास समुदायका बारेमा एउटा सार्वजनिक पोस्ट शेयर गरेका थिए। त्यसमा उनले आफ्ना फलोअरहरुलाई बिटक्वाइन इभेन्टमा सहभागी हुन लिंक पनि समावेश गरेका छन्।

‘बिटक्वाइन विकास समुदाय सबैभन्दा माथि छ। धेरै कम्पनी तथा संस्थाहरु मिसिइरहेको बेला हामी बिटक्वाइनको खुला विकासलाई सुरक्षित बनाउने र फैलाउनेलाई सहयोग गर्न चाहन्छै। आज यसका लागि शिक्षा र काममा केन्द्रित दिन हो’, उनले लेखेका छन्।

डोर्सीको पोस्टमा इलन मस्कसहित सयाैं कमेन्ट आएकामा मस्कको कमेन्ट यस्तो थियो- ‘बाइक्युरियस?’

यसको अर्थ ‘समलिंगीप्रति पनि याैनिक रुपमा आकर्षित हुने तर याैनिकता प्रस्ट भएका महिला या पुरुष’ भन्ने जनाउँछ। यो शब्दले द्वयलिंगी भन्ने अर्थ बुझाउँदैन।

कुराकानी यतिमा टुंगिएन। मस्कको व्यंग्यात्मक उत्तरबाट अझ एक कदम अगाडि बढ्दै डोर्सीले जवाफ फर्काए, ‘अचम्म, तिमी र म कुनै इभेन्टमा भेटेर यसबारे कुराकानी गराैं। त्यहाँ तिमिलाई लागेका सबै जिज्ञासा राख्न सक्नेछाै।’

यसमा मस्कले लेखे – ‘एलएमएफएओ। ओएमजी’

एलएमएफएओको अर्थ व्यंग्यात्मक र हल्का अश्लील प्रकारको हुन्छ। कुनै कुरा सुनेर ‘हाँस्दा हाँस्दा आफैंलाइ सम्हाल्न सकिनँ’ भन्ने खालको अर्थ लाग्ने यो संक्षिप्त शब्दाबलीको पूरा रुप केही अश्लील सुनिन्छ र औपचारिक लेखनमा खसै प्रयोग गरिँदैन।

Sajilo Visa

प्रकाशित: ११ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया