अनर एक्स२० एसई डाइमेन्सिटी ७०० चिपसेटसहित आउने

Technology Khabar १० असार २०७८, बिहीबार

अनर एक्स२० एसई डाइमेन्सिटी ७०० चिपसेटसहित आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरले अनर५० फ्ल्यागशिप सिरिजपछि अब एक्स२० रेन्जको सिरिज ल्याउने भएको छ।

यसै महिनाको शुरुवातमा सार्वजनिक भएको एउटा फोटो अनुसार यो डिभाइसमा पछाडिपट्टि तीन ओटा क्यामरा राखिएको देखिएको थियो। हालै सोही स्रोतले उक्त फोनका अन्य विवरणहरु पनि सार्वजनिक गरेको हो।

उक्त विवरण नाम चलेका टिप्स्टर डिजिटल च्याट स्टेशनले सार्वजनिक गरेका हुन् जस अनुसार यो एक्स२० एसई सबैभन्दा सस्तो फोन हुने बुझिएको छ। डाइमेन्सिटी ७०० चिपसेट रहेन उक्त फोनमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.६ इन्चको एलसीडी डिस्प्ले राखिनेछ।   

उक्त डिस्प्लेमा एउटा पन्चहोल सेल्फी क्यामरा रहनेछ तर यो कति मेगापिक्सेलको हुनेछ भन्ने खुलाइएको छैन। पछाडिपट्टि भने ६४ मेगापिक्सेलको मुख्य क्यामरा रहनेछ भने अन्य दुई ओटा सेन्सरबारे केही उल्लेख गरिएको छैन।

अनर एक्स२० एसईले अनर एक्स१० फाइभजीले झैं २२.५ वाट चार्जिङ सपोर्ट गर्ने बताइएको छ। यसबाहेकका थप विवरणका लागि भने एक्स२औ सिरिजको सार्वजनिक हुने मितिसम्म कुर्नुपर्ने हुन सक्छ।  

Global Bank
easy care

प्रकाशित: १० असार २०७८, बिहीबार

ताजा समाचार