जेडटिई ब्राण्डका स्मार्टफोन पुन: नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारीक आयातकर्ता

Technology Khabar ९ असार २०७८, बुधबार

जेडटिई ब्राण्डका स्मार्टफोन पुन: नेपाली बजारमा आउँदै, एपेक्स ग्रुप आधिकारीक आयातकर्ता

चिनियाँ स्मार्टफोन ब्राण्ड जेडटिई फेरी नेपाली बजारमा आधिकारिकरुपमा आउने भएको छ । कम्पनीले नेपाली बजारमा एपेक्स ग्रुपलाई जेडटिईको आयात गर्न आधिकारिकता दिएसँगै बजारमा फेरी उपस्थिति जनाउने भएको हो ।

एपेक्स ग्रुपअन्तरगतको शंकराचार्य मोबाइल प्रालिले जेडटिई फोन पुनः भित्र्याउने भएको छ।

कम्पनीले नेपालमा जेडटिईका इन्ट्रि लेभलका फोनहरु मिडरेन्जका फोनहरु पहिलो चरणमा ल्याउने भएको छ भने त्यसपछि फ्ल्यागशिप फोनहरु उपलब्ध गराउने छ ।

विशेषगरि जेडटिईका फाईभजी फोनहरु नेपालमा ल्याउने कम्पनीको योजना रहेको शंकराचार्य मोबाइलका एक अधिकारीले जानकारी दिए ।

नेपालमा जेडटिईको ए५१, ए७१, ब्लेड सिरिज र एक्जोन सिरिज ल्याउनेछ । शुरुमा १० हजारदेखि २० हजार मूल्यसम्मका फोनहरु आउनेछन भने त्यसपछि अन्य फोनहरु उपलब्ध हुनेछन् ।

यसअघि नेपाली बजारमा जेडटिईको आधिकारिक बितरकका रुपमा इभोल्यूसन इन्टरप्राइजेजले स्मार्टफोनहरु बिक्री गरिरहेको थियो ।

तर सो कम्पनीले उक्त ब्राण्डमा ध्यान केन्द्रित गर्न नसक्दा जेडटिईका नयाँ फोनहरु आउन सकेका थिएनन् ।

TK Viber

प्रकाशित: ९ असार २०७८, बुधबार

Loading...