एएमडीद्वारा फाइडेलिटी एफएक्स सुपर रेजोल्युशन सार्वजनिक, ७ ओटा गेममा उपलब्ध

Technology Khabar ९ असार २०७८, बुधबार

एएमडीद्वारा फाइडेलिटी एफएक्स सुपर रेजोल्युशन सार्वजनिक, ७ ओटा गेममा उपलब्ध
Global IME Bank

काठमाडौं ।

एएमडीले बुधबार फाइडेलिटीएफएक्स सुपर रेजोल्युशन अर्थात् एफएसआर सार्वजनिक गरेको छ।

यसै महिनाको शुरुवातमा घोषणा गरिएको एफएसआरले कम रेजोल्युशन भएको स्रोतबाट बढी रेजोल्युशन भएका इमेजहरुलाई रेन्डर गर्छ जसबाट इमेजको गुणस्तरमा कुनै महत्वपूर्ण प्रभाव नपारी प्रदर्शनमा सुधार ल्याउन मद्दत गर्छ।     

मंगलबार यो फिचर २२ रेसिङ सिरिज, अन्नो १८००, इभिल जिनियस२, गडफल, किङसहनट, टर्मिनेटर: रेजिस्टेन्स एन्ड द रिफ्टब्रेकर गरी सातवटा गेममा उपलब्ध गराइएको छ।

एएमडीले यो फिचर छिट्टै डोटा२, फार क्राइ६ तथा रेजिडेन्ट इभिल भिलेजमा पनि यसै वर्षको अन्त्यसम्ममा उपलब्ध हुने जनाएको छ। कम्पनीले ४० भन्दा बढी गेम डेभलपरहरुले भविष्यमा यो फिचर सपोर्ट गर्ने गरी काम गरिरहेका दावी पनि गरेको छ।

Sajilo Visa

प्रकाशित: ९ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया