चीनको कारबाहीको असरः बिटक्वाइनको मूल्य बिगत ५ महिनामा ३० हजार अमेरिकी डलरभन्दा कम

Technology Khabar ९ असार २०७८, बुधबार

चीनको कारबाहीको असरः बिटक्वाइनको मूल्य बिगत ५ महिनामा ३० हजार अमेरिकी डलरभन्दा कम

काठमाडौं ।

विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीमा चीनको आक्रामक कारबाहीले बिटक्वाइन पाँच महिना भन्दा बढी समयपछि पहिलो पटक ३०,००० अमेरिकी डलर भन्दा तल झरेको छ।

डिजिटल मुद्रा लगभग २८,८९० अमेरिकी डलरमा ओर्लिएको थियो । गत अप्रिलमा यसको सबैभन्दा उच्च मूल्य ६४,८७० अमेरिकी डलरमा पुगेकोमा हाल सो मूल्यको ५० प्रतिशत गुमाएको बीबीसीले जनाएको छ ।

चीनले बैंक र भुक्तानी प्लेटफर्मलाई डिजिटल मुद्रा लेनदेन सपोर्ट गर्न रोक्न आदेश दिएको थियो । यो आदेशले चीनको सिचुआन प्रान्तमा बिटक्वाइन माइन रोक्न शुक्रबार दिईएको आदेशलाई अनुसरण गर्दछ।

सोमबार चीनको केन्द्रीय बैंकले क्रिप्टो मुद्राको कारोबारमा कडा कारबाही गर्न आह्वान गरेको छ। चीनले पछिल्लो दिनमा क्रिप्टोकरेन्सीहरुको कारोबार र उत्खननमा कडाई गर्दै लगेको छ र  दैनिक जसो नयाँ आदेशहरु आईरहेका छन् ।

क्रिप्टोकरेन्सीहरुको मूल्यमा सँधै उच्च उतार चढाव आईरहने विश्लेषकहरुले बताउने गरेका छन् । त्यसैले यसलाई कतिपयले जोखिमपूर्ण भन्दै आएका छन् ।

easy care

प्रकाशित: ९ असार २०७८, बुधबार

ताजा समाचार