निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

Technology Khabar ८ असार २०७८, मंगलवार

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

काठमाडौं ।

कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवागर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

निम्बसको प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन्,“आफ्नो ज्यान जोखिममा राखी यस महामारी विरुद्ध लड्नु हुने सबैजना प्रति हामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकाहरु लाई सहयोग गर्न चाहन्छौं ।”

उच्च गुणस्तरको प्रो-टेक्ट प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक्ट (Pro-Tect) निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो ।

निम्बसको यस स्वास्थ्य सामाग्री बाँड्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपाल प्रहरी, एफएनसीसीआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।

‘नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत हुनुहुन्छ । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहनुभएको छ । यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ । यस सेवाभाव देखाउनु भएकोमा निम्बस परिवारलाई हामी हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भन्नुहुन्छ ।

कोभिड–१९ को संकटको समयमानिम्बस यस कल्याणकारी कामलाई जारी राख्ने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ८ असार २०७८, मंगलवार

ताजा समाचार