आगामी ओपो फोनमा १२० हर्ज डिस्प्ले, स्न्यापड्रागन ७६८जी चिप र ६४ एमपी क्यामरा रहन सक्ने

Technology Khabar ८ असार २०७८, मंगलवार

आगामी ओपो फोनमा १२० हर्ज डिस्प्ले, स्न्यापड्रागन ७६८जी चिप र ६४ एमपी क्यामरा रहन सक्ने

काठमाडौं ।

ओपोले गत महिना स्न्यापड्रागन ७६८जी चिपसेटयुक्त ओपो के९ फाइभजी स्मार्टफोनको घोषणा गरेको थियो।

चीनका एक टिप्स्टरले ओपोले हाल स्न्यापड्रागन ७६८जी चिपसेटयुक्त अर्को स्मार्टफोनमा काम गरिरहेको जानकारी बाहिर ल्याएका छन्।

यसका बारेमा अहिलेसम्म कुनै आधिकारिक विवरण थाहा हुन नसके पनि उक्त टिप्स्टरले उक्त रहस्यमय फोनको पूर्ण विवरण बाहिर ल्याएको बुझिएको छ।

उनका अनुसार यसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.४३ इन्चको सामसङ एमोलेड ई१ प्रो डिस्प्ले रहनेछ। साथै स्न्यापड्रागन ७६८जी चिपसेट रहने यो फोनमा एलपीडीडीआर४एक्स र्याम रहने बुझिएको छ।

यसका साथै पछाडिपट्टि ६४ मेगापिक्सेलको सामसङ जीडब्लू३ मुख्य क्यामरासहित ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सरयुक्त ट्रिपल क्यामरा सेटअप रहनेछ। सेल्फीका लागि ३२ मेगापिक्सेलको शूटर दिइनेछ।

easy care

प्रकाशित: ८ असार २०७८, मंगलवार