के तपाईँको ल्यापटप चलाएको बेला अति तात्ने गर्दछ, त्यसोभए यी सुझावहरूले पक्कै मद्दत गर्दछ

Technology Khabar ८ असार २०७८, मंगलवार

के तपाईँको ल्यापटप चलाएको बेला अति तात्ने गर्दछ, त्यसोभए यी सुझावहरूले पक्कै मद्दत गर्दछ

काठमाडौं ।

कोरोना महामारीपछि, विश्वभर ठूलो संख्यामा मानिसहरु घरबाटै काम गरिरहेका छन्। नेपालमा पनि निषेधाज्ञाका कारण अधिकांश वर्क फ्रम होममा छन् । यस्तो अवस्थामा ल्यापटपको प्रयोग धेरै बढेको छ। जसको कारणले ल्यापटपमा ओभरहीटिङ्गको समस्या समेत देखिने गरेको छ।

ल्यापटप ओभरहिटिंगको समस्यालाई बेवास्ता गर्नुहुँदैन। यसको कारणले, तपाईंको ल्यापटप निकै छिटो बिग्रन सक्छ। हामी तपाईँलाई केहि त्यस्ता सुझावहरूको बारेमा बताउँदैछौं जसबाट तपाईं यो समस्याबाट केहि हदसम्म बच्न सक्नुहुन्छ।

कुलिङ्ग फ्यान
अधिक तात्ने समस्या पुरानो ल्यापटपमा धेरै आउँदछ, त्यसैले पुरानो ल्यापटप सकेसम्म प्रयोग नगर्नुहोस्। यदि तपाईंको ल्यापटप पुरानो छ र त्यही चलाउनुपर्ने छ भने यसको फ्यानलाई ठिक गर्नुहोस्। ल्यापटपको कूलिंग फ्यानले यसलाई ओभरहिटिङ्गबाट बचाउँछ। यसलाई समय समयमा सफा गर्नुपर्दछ ताकि यो फोहर नहोस्। फोहोर भएको कारणले यो बिग्रन्छ वा कूलिङ्ग कम गर्दछ। यस अवस्थामा, ल्यापटपको कूलिंग फ्यानलाई ठीक गर्नुहोस्।

तकिया, सिरकमाथि राखेर ल्यापटप नचलाउनुहोस्
हामीमध्ये अधिकांश आफ्नो ओछ्यानमा बसेर ल्यापटप चलाउने गर्दछौं । तर तकिया, कम्बल वा सिरक माथि ल्यापटप राखेर कहिलेपनि नचलाउनुहोस्। ल्यापटपमा शीतलताका लागि तलबाट हावा लिने गरि बनाईएको हुन्छ। यदि तपाईँ यी चीजहरूमाथि राखेर ल्यापटप चलाउनुहुन्छ भने ल्यापटपमा हावाको राम्रो आवतजावत हुँदैन्। ल्यापटप सधैं सतह बराबर अर्थात समान सतह भएको स्थानमा राखेर चलाउनु पर्छ।

दुई/तीन दिनमा ल्यापटप सफा गर्नुहोस्
ल्यापटपमा एयरफ्लो हुने अर्थात भित्र हावा जाने बाटोमा धुलो संचयको कारण पनि ल्यापटप तात्ने गर्दछ । यस्तो अवस्थामा, ल्यापटप प्रत्येक दुई/तीन दिनमा सफा गर्नु आवश्यक हुन्छ।

कामपछि ल्यापटपलाई आराम दिनुहोस्
वर्क फ्रम होमको समय ल्यापटप केहि घण्टा लगातार चलिरहन्छ । लगातार धेरै समय चल्दा पनि ल्यापटप तात्ने गर्दछ । त्यसकारण, जब काम समाप्त हुन्छ ल्यापटपलाई केही समय आराम दिईनुपर्छ। लामो समय ल्यापटप चलाउँदा बिचमा केहि अवधि सट डाउन गरेर त्यसलाई चिसो हुन दिनुहोस् । सुत्नुअघि ल्यापटपलाई सँधै बन्द गर्नुहोस् ।

Global Bank
easy care

प्रकाशित: ८ असार २०७८, मंगलवार

ताजा समाचार