शाओमीका स्मार्टफोनहरुमा ध्वनीबाटै चार्ज गर्न सकिने, चीनमा पेटेन्टका लागि आवेदन

Technology Khabar ६ असार २०७८, आईतवार

शाओमीका स्मार्टफोनहरुमा ध्वनीबाटै चार्ज गर्न सकिने, चीनमा पेटेन्टका लागि आवेदन

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले हालै आवाजबाट फोन चार्ज गर्न सकिने साउण्ड चार्जिङ प्रविधिको पेटेन्टका लागि आवेदन दिएको छ।

केही समयअघि मात्र हाइपरचार्ज प्रविधिमार्फत् २०० वाटको वायर्ड फास्ट चार्जिङ सुविधा सार्वजनिक गरेको कम्पनीले चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एसोसियशन अर्थात् सीएनआईपीएमा नयाँ पेटेन्टका लागि आवेदन दिएको हो।

यो प्रविधिमा साउन्ड चार्जिङ डिभाइसमा ‘आवाज संकलन गर्ने, थुप्रै उर्जा परिवर्तन गर्ने तथा एउटा पावर परिवर्तन गर्ने’ उपकरणहरुको समग्रता रहने बुझिएको छ। यी उपकरणहरुले वातावरणीय कम्पनलाई मेकानिकल कम्पनमा बदल्ने पेटेन्टको व्याख्यामा जनाइएको छ।

यसमा ती विद्युतीय उपकरणहरुले मेकानिकल कम्पनलाई वैकल्पिक करेन्टमा र त्यसपछि डाइरेक्ट करेन्टमा परिवर्तन गरेर डिभाइस चार्ज गर्ने बताइएङ्को छ।

यस प्रविधिबाट चार्ज गर्दा कुनै पावर सकेट वा तार चाहिँदैन। पेटेन्ट दर्ता भए पनि यो नयाँ प्रविधि कहिले आउँछ भन्ने यकिन छैन।

*हेडलाइन सम्पादित

easy care

प्रकाशित: ६ असार २०७८, आईतवार