फ्लेक्सिबल ओएलईडीको व्यापार पहिलोभन्दा दोस्रो त्रैमासमा ३५ प्रतिशतले घट्यो

Technology Khabar ६ असार २०७८, आईतवार

फ्लेक्सिबल ओएलईडीको व्यापार पहिलोभन्दा दोस्रो त्रैमासमा ३५ प्रतिशतले घट्यो
Global IME Bank

काठमाडौं ।

अनुसन्धान संस्था ओम्डियाको रिपोर्ट अनुसार फ्लेक्सिबल ओएलईडी प्यानलको विश्वव्यापी बिक्री यो वर्षको दोस्रो त्रैमासमा पहिलोमा भन्दा ३५ प्रतिशतले घटेर ५ करोड ७० लाख थानमा झर्ने भएको छ।

यो गिरावट आउनुको कारण दोस्रो त्रैमास अफ सिजन भएको र आईफोनको बिक्री घटेकोले बुझिएको छ। फ्लेक्सिबल ओएलईडीको बिक्रीको वार्षिक वृद्धिदर भने ५४.१ प्रतिशत पुगेको छ।

यसैबीच लचक नभएको ओएलईडी प्यानलको बिक्री भने दोस्रो त्रैमासमा ५ करोड ३० लाख थान पुग्ने ओम्डियाको प्रक्षेपण छ।

यसअघि फ्लेक्सिबल ओएलईडी प्यानल ग्यालेक्सी एस तथा नोट स्मार्टफोनहरुमा सामसङले मात्र प्रयोग गर्ने गर्थ्यो भने हाल अन्य ब्रान्डले पनि प्रयोग गर्न थालेका छन्। हाल चिनियाँ प्यानल उत्पादकहरु बीओई र सीएसओटीले पनि आफ्ना उत्पादन क्षमता बढाउन थालेका छन्।

ओम्डियाका अनुसार सामसङले दोस्रो त्रैमासमा ३ करोड ९१ लाख थान बिक्री गर्ने अपेक्षा गरिएङ्को छ जुन अघिल्लो त्रैमासभन्दा ४२.८ प्रतिशतले घटी तथा अघिल्लो वर्षको सोही अवधिकोभन्दा ६१.६ प्रतिशतले बढी हो।

यसैगरी एलजी डिस्प्लेले१ करोड ६ लाख थान बिक्री गर्ने र यो आँकडा अघिल्लो त्रैमासभन्दा ४१.१ प्रतिशतले घटी तथा अघिल्लो वर्षको सोही अवधिकोभन्दा ५५.९ प्रतिशतले बढी हो।

सामसङ र एलजी दुवैले एप्पलका आईफोनका लागि ओएलईडी प्यानल बनाउने गर्छन्।

यसैबीच दोस्रो त्रैमासमा बीओईले ७९ लाख थान तथा सीएसओटी, भिजनोक्स र तियान्माले क्रमश: ३१, २१ र १४ लाख थान फ्लेक्सिबल ओएलईडी प्यानल बिक्री गर्ने ओम्डियाको प्रक्षेपण छ।

Sajilo Visa

प्रकाशित: ६ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया