Technology Khabar ६ असार २०७८, आईतवार
काठमाडौं ।
दक्षिण कोरियाली कम्पनी सामसङ केही समय अगाडि आफ्नो सीपीयू डिजाइन गर्ने विभाग नै हटाएको थियो। उक्त विभाग हटाइनुमा उसले प्रयोग गरिरहेको मंगूज कोरले एआरएम डिजाइन जति काम गर्न नसक्नु बताइएको थियो।
हालै आएको एक रिपोर्ट अनुसार सामसङले एप्पल र एएमडीका सीपीयू इन्जिनीयरहरुलाई आफ्नो सीपीयू डिजाइनका लागि अनुबन्ध गर्न सक्ने भएको छ। एएमडी एप्पलको कस्टम चिपसेट बनाउनेमध्ये मुख्य कम्पनी हो।
यो विभाग इन्जिनीयरिङ विभाग आफ्नै नियन्त्रित हुने र टोलीमा कसकसलाई समावेश गर्ने भन्ने कुराको निर्णय पनि उसले नै गर्न सक्ने माग गरिएको छ।
सामसङ हालको कर्टेक्स-एक्स सिरिजको प्रदर्शनबाट खुशी छैन र यो भन्दा राम्रो काम गर्न सक्ने विकल्पको खोजीमा रहेको छ। कम्पनीले यसअघि नै कस्टम चिप डिजाइनका लागि गुगलसँग तथा एक्जिनोसमा आरडीएनए२ जीपीयू ल्याउनका लागि एएमडीसँग साझेदारी गरिसकेको छ।
यसैगरी क्वालकमले एप्पलको एम१, ए१४ र त्यसअघिका चिपमा काम गरेका इन्जिनीयरहरुको कम्पनी नुभियालाई अधिनमा लिएपछि छिट्टै कस्टम सीपीयू सार्वजनिक गर्ने भएको छ।
प्रकाशित: ६ असार २०७८, आईतवार