आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव दिन राष्ट्र बैंकको अनुरोध

Technology Khabar ५ असार २०७८, शनिबार

आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव दिन राष्ट्र बैंकको अनुरोध
फाइल

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सरोकारवालाहरुबाट सुझाव माग गरेको छ ।

सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेटकोकार्यान्वयनका लागि आवश्यक हुने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव संकलन गर्न सुरु गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध सरोकारवालाहरुबाट सुझाव माग गरेको हो ।

बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] मा वा आर्थिक अनुसन्धान विभाग बालुवाटार काठमाडौंमा पत्राचार मार्फत समेत राय सुझाव पेश गर्न सकिनेछ ।

यसअघि औपचारिक कार्यक्रम आयोजना गरी सुझाव संकलन हुँदै आइरहेकोमा गत वर्षदेखि कोरोना संक्रमणको महामारीका कारण केन्द्रीय बैंकले इमेलमार्फत नै सुझाव संकलन गर्न थालेको हो ।

TK Viber

प्रकाशित: ५ असार २०७८, शनिबार

Loading...