एन्ड्रोइडमा आईओएस भन्दा ४७ गुणा बढी मालवेयर भएको एप्पलका सिईओ कुकको भनाई

Technology Khabar ४ असार २०७८, शुक्रबार

एन्ड्रोइडमा आईओएस भन्दा ४७ गुणा बढी मालवेयर भएको एप्पलका सिईओ कुकको भनाई

काठमाडौं ।

एप्पलका सीईओ टिम कुकले भीभा टेक सम्मेलनको एक अन्तर्वार्तामा एप्पलको गोपनीयता प्रतिबद्धता, आर्टिफिसियल इन्टेलिजेन्सको भविष्य, कसरी आईओएस एन्ड्रोइड भन्दा फरक, अन्य विषयहरुमा छलफल गरेका छन् ।

सो सम्मेलनलाई युरोपको सबैभन्दा ठूलो स्टार्टअप एण्ड टेक्नोलोजी इभेन्ट मानिन्छ। करिब ३० मिनेटको कुराकानीको बखत, एप्पल मुख्य कार्यकारी अधिकारीले आईओएस र एन्ड्रोइडको विषयमा बोल्दै एन्ड्रोइडमा आईओएस भन्दा ४७ गुणा बढी मालवेयर भएको बताए ।

गोपनीयता बारे बढी कुरा गर्दै, कुकले एप्पल एक दशक भन्दा बढी समयदेखि सकेसम्म गोपनीयता सुधार गर्नको लागी काम गरीरहेको बताए। कुकले अन्तर्वार्तामा “GAFA’ को बारेमा समेत कुरा गरे जुन फ्रान्समा गुगल, एप्पल, फेसबुक र अमेजनलाई समेट्न प्रयोग गरिएको थियो। कुकले भने उनी यस्तो संक्षिप्त नाम मन पराउँदैनन् किनभने सबै कम्पनीहरूको बिभिन्न व्यवसाय मोडल र फरक मूल्य हुन्छन्।

कुकले युरोपको जीडीपीआर र एन्ड्रोइडको बारेमा बोल्नु अघि आईफोनमा साइडलोडिङ्ग गर्ने विचारको बारेमा कुरा गरेका थिए । कुकले एन्ड्रोइडमा आईओएस भन्दा ४७ गुणा बढी मालवेयर भएको बताएका थिए। उनले भने यस्तो हुनुको कारण बताउँदै किनभने आईफोनमा कुनै साइडलोडिङ्ग नभएको बताए ।

‘हामीले आईओएसलाई यस्तो तरीकाले डिजाइन गरेका छौं कि एपहरूको लागि केवल एउटा स्टोर छ र सबै एपहरू स्टोरमा जानु अघि समीक्षा गरिन्छ,’ उनले भने ।

उनले अन्य धेरै विषयहरुमा समेत कुरा गरेका थिए । एजेन्सी

easy care

प्रकाशित: ४ असार २०७८, शुक्रबार