अक्सिजनओएस ओपोसँग मर्ज नहुने वनप्लसको भनाइ

Technology Khabar ४ असार २०७८, शुक्रबार

अक्सिजनओएस ओपोसँग मर्ज नहुने वनप्लसको भनाइ

काठमाडौं ।

वनप्लस र ओपो गत वर्ष एक भएपछि वनप्लसका सीईओ तथा यी दुवैका माउ कम्पनीका वरिष्ठ उपाध्यक्ष पेट लिउले यी दुई कम्पनीबीच अन्य थुप्रै स्रोत साधनपनि मर्ज हुने बताएका थिए।

यसको मतलब अक्सिजनओएस पनि साझा हुने आकलन गरिएको छ।

माइस्मार्टप्राइसले यसबारेमा बुझ्न खोज्दा वनप्लसले कुनै जानकारी दिएन। वनप्लस स्वतन्त्र ब्रान्डका रुपमै रहने र अक्सिजनओएसको विकासमा लागिरहने लउले बताएका छन्।  

चीनमा वनप्लस ब्रान्डका फोनमा अक्सिजनओएसको अर्को भर्सन हाइड्रोजन ओएस रहँदै आएका छन्। गुगल प्ले सर्भिसरहित डिभाइसका लागि यो ओएस जरुरी थियो।

तर वनप्लस ९ सिरिजदेखि भने कम्पनीले हाइड्रोजनओएसको कस्टमाइज्ड भर्सनको सट्टा ओपोको कलरओएस प्रयोग गर्न थालेको थियो।

चीनबाहेकका अन्य देशहरुमा भने वनप्लस फोनहरुमा अक्सिजनओएस कायम रहनेछ। एन्ड्रोइड १२ ले अपरेटिङ सिस्टममा मेटेरियल यू डिजाइन ल्याएको छ भने यसपटक वनप्लसले पनि गुगलकै सिको गरिरहेको छ।  

easy care

प्रकाशित: ४ असार २०७८, शुक्रबार