यूरोपमा शाओमी एमआई १०टी र एमआई १०टी प्रो मा एमआईयूआई १२.५ अपडेट उपलब्ध हुने

Technology Khabar ४ असार २०७८, शुक्रबार

यूरोपमा शाओमी एमआई १०टी र एमआई १०टी प्रो मा एमआईयूआई १२.५ अपडेट उपलब्ध हुने

काठमाडौं ।

गएको फेब्रुअरीमा शाओमीले एमआईयूआई विश्वव्यापी रुपमा उपलब्ध हुने घोषणा गरेको थियो। यो गत वर्ष डिसेम्बरमा चीनमा सार्वजनिक गरिएको अत्याधुनिक एन्ड्रोइड स्किन हो।

त्यतिबेलादेखि उक्त एन्ड्रोइड स्किनको अपडेट विश्वका विभिन्न देशका थुप्रै डिभाइसहरुमा बिस्तारै बिस्तारै उपलब्ध हुँदै आएको छ।

यूरोपमा एमआई ११ ले गत महिना १२.५ भर्सनमा अपडेट पाएको थियो। अब आएर एमआई १०टी तथा एमआई १०टी प्रोमा पनि अपडेट उपलब्ध हुन लागेको हो। यी डिभाइसमा मे महिनामै यो अपडेट उपलब्ध हुनुपर्नेमा केही कारणवश ढिलाइ हुन पुगेको हो।

अब यूरोपमा एमआई १०टी तथा १०टी प्रो किन्दा अब केही दिन वा हप्ताभित्रै नयाँ एमआईयूआईको अपडेट नोटिफिकेशन आउने पक्का छ।

एन्ड्रोइड ११ मा आधारित यो भर्सनको नाम १२.५.१.०.आरजेडीईयूएक्सएम रहेको र यसको साइज ३ जीबी भन्दा अलि बढी रहेको छ।

easy care

प्रकाशित: ४ असार २०७८, शुक्रबार

ताजा समाचार