सामसङद्वारा अमेरिकामा ग्यालेक्सी जेड फोल्ड२ को बिक्री बन्द

Technology Khabar ४ असार २०७८, शुक्रबार

सामसङद्वारा अमेरिकामा ग्यालेक्सी जेड फोल्ड२ को बिक्री बन्द

काठमाडौं ।

सामसङले अमेरिकामा आफ्नो आधिकारिक अनलाइन स्टोरबाट ग्यालेक्सी जेड फोल्ड२ को बिक्री बन्द गरेको छ।

यसअघि यो डिभाइस राखिएको अनलाइन पेजमा खोज्दा अहिले ‘ग्यालेक्सी फोल्ड सामसङ डटकममा बिक्रीका लागि उपलब्ध छैन’ भन्ने सन्देश देखाउँछ।

ग्यालेक्सी जेड फोल्ड२ सामसङको आधिकारिक अनलाइन स्टोरमा बाहेक भेरिजोन र टी मोबाइलमा पनि उपलब्ध छैन। तर यो डिभाइस बेस्ट बाइ तथा एटीएन्डटीमार्फत् भन्ने किन्न सकिनेछ।

यसको मतलब यो डिभाइसलाई कम्पनीले बिस्तारै बजारबाट हटाउने प्रयास गरिरहेको र बेस्ट बाइ तथा एटीएन्डटीले पनि आफूसँग रहेका स्टक रहुन्जेलमात्र उपलब्ध गराउने बुझिएको छ। सामसङले यसो गर्नुको यकिन कारण नखुले पनि जेड फोल्ड३ सार्वजनिक हुने मिति नजिक आएकोले हुन सक्ने आकलन गरिएको छ।

जेड फोल्ड३ अगस्टको शुरुवातमा सार्वजनिक भएर यसको बिक्री अगस्टको अन्त्यतिरबाट हुन सक्ने बुझिएको छ।

easy care

प्रकाशित: ४ असार २०७८, शुक्रबार