काठमाडौं महानगरपालिकाले आफ्नै ‘महानगर डाटा बैंक’ स्थापना गर्ने

Technology Khabar ३ असार २०७८, बिहीबार

काठमाडौं महानगरपालिकाले आफ्नै ‘महानगर डाटा बैंक’ स्थापना गर्ने
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो छुट्टै डाटा बैंक स्थापना गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर डाटा बैंक स्थापना गरिने घोषणा गरेका हुन् ।

महानगरपालिकाले आफ्नो  महानगरभित्र भएका विभिन्न विकासका गतिविधि एवं व्यक्तिगत घटना लगायत अन्य तथ्याङ्कलाई व्यवस्थित रुपमा संकलन गरी महानगर डाटा बैंकको स्थापना गर्ने नीति लिएको हो ।

‘महानगरपालिकाका सम्पूर्ण सूचनालाई एकत्रित गरी तथ्याङ्कको संरक्षित भण्डारण गरिनेछ । खुला तथ्याङ्कको अवधारणालाई क्रमशः कार्यान्वयन गरिनेछ,’ नीतिमा उल्लेख छ ।

यसका साथै महानगरपालिकाले बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट महानगरपालिकाका विभिन्न राजस्वहरु भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने उल्लेख गरेको छ।

त्यस बाहेक नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने उल्लेख छ । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरिएको छ ।

Global Bank
easy care

प्रकाशित: ३ असार २०७८, बिहीबार

ताजा समाचार