दूरसञ्चार प्राधिकरणले भन्यो- कुनै क्षेत्रमा दूरसञ्‍चार तथा इन्टरनेट सेवामा समस्या भए जानकारी दिनुस्

Technology Khabar ३ असार २०७८, बिहीबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशभर बाढि पहिरो गईरहेको अवस्थामा कुनै स्थान वा क्षेत्रहरुमा दूरसञ्चार सेवा अबरुद्ध भएमा जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले हालै सार्वजनिक सूचना जारी गर्दै देशभर आएको बाढी पहिरोले हालसम्म दूरसञ्चार सेवामा कुनै ठूलो क्षती नभएको जनाएको छ ।

तर बाढी तथा पहिरोको कारणले उक्त क्षेत्रमा विद्युत अवरुद्ध भइ देशका विभिन्न स्थानमा दूरसञ्‍चार तथा इन्टरनेट सेवा संचालनमा केहि समस्या देखिएको भन्दै प्राधिकरणले सेवा प्रदायकहरुले सेवा सुचारु राख्न हरसम्भव प्रयास गरिरहेको बताएको छ ।

‘यदि कुनै क्षेत्रमा दूरसञ्‍चार तथा इन्टरनेट सेवामा समस्या देखिएमा प्राधिकरणमा जानकारी गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यसै सूचना मार्फत नेपाल दूरसञ्‍चार प्राधिकरण अनुरोध गर्दछ,’ सार्वजनिक सूचनामा भनिएको छ ।

easy care

प्रकाशित: ३ असार २०७८, बिहीबार