क्लबहाउस र ट्विटर स्पेसेजलाई टक्कर दिन स्पोटीफाईले ल्यायो अडियो च्याट एप ‘ग्रीनरूम’

Technology Khabar ३ असार २०७८, बिहीबार

क्लबहाउस र ट्विटर स्पेसेजलाई टक्कर दिन स्पोटीफाईले ल्यायो अडियो च्याट एप ‘ग्रीनरूम’

काठमाडौं ।

म्यूजिक एप स्पोटीफाईले क्लबहाउस र ट्विटर स्पेसेज जस्ता लाइभस्ट्रीमिंग अडियो च्याट एपलाई टक्कर दिनेगरि ग्रीनरूम(Greenroom) नामक एप सार्वजनिक गरेको छ ।

यसले अचानक लोकप्रिय क्याटगरीको अडियो च्याट एपहरुको भिडमा लागी एक नयाँ प्रतिस्पर्धीको घोषणा गरेको हो ।

यद्यपि ग्रीनरूमले स्पोटीफाईको ब्रान्डिङ्ग लाई बोक्दछ तर यो पूर्ण रूपमा एक छुट्टै एप हो। यसले ट्विटर स्पेसेज र क्लबहाउसकै जस्ता आधारभूत आधारमा रहेर काम गर्दछ।

एक प्रयोगकर्ताले एक अडियो मात्र हुने कोठा अडियो ओन्ली रुम सिर्जना गर्न सक्दछ र श्रोताहरूको साथ ट्युन इन र सहभागी हुन सक्षम छ। रुमको निर्माताले यसभित्र जोकोही बोल्छ वा केवल केही मान्छेहरू मात्र बोल्नेछन भनेर नियन्त्रण गर्न सक्छ ।

स्पोटीफाईले ग्रीनरूमलाई ‘कुराकानीमा सामेल हुन’ मानिससँग सम्पर्कको रूपमा एक तरीकाका रूपमा वर्णन गरेको छ । यसले छलफलको विषयको रूपमा संगीत, खेलकुद, र संस्कृतिलाई प्रस्तुत गर्दछ, तर यस्तो देखिन्छ कि प्रयोगकर्ताले कुनै पनि विषयको लागि रुम सिर्जना गर्न सक्छन्।

हाल, ग्रीनरूम अंग्रेजीमा मात्र उपलब्ध छ र स्पोटिफाईका अनुसार “ती देशहरूमा जहाँ स्पोटिफाई उपलब्ध छ”। आईओएस र एन्ड्रोइड दुबै प्रयोगकर्ताहरूले अहिल्यै ग्रीनरूम एप डाउनलोड गर्न सक्दछन् र स्पोटिफाइ एकाउन्ट प्रयोग गरेर साइन इन गर्न सक्दछन्।

तर हामीले यसलाई प्रयोग गर्न खोज्दा आईओएस स्टोरमा डाउनलोड गर्न सकिएपनि गुगल स्टोरमा भने उपलब्ध नभएको भेटेका छौं । यसले दिएको लिंकमा खोल्न खोज्दा लिंक नभेटिएको जानकारी आउँछ । संभवत नेपाली बजारका लागि यो एप एन्ड्रोइडमा अझै उपलब्ध नभएको हुनसक्दछ ।

गोपनीयतासँग सम्बन्धित व्यक्तिहरूको लागि, त्यहाँ नियमहरू र सर्तहरूको एक सेट छ जून स्पोटीफाई भन्दा अलग जुन तपाईंँले प्रयोग गर्नु अघि स्वीकार गर्नु पर्नेछ ।

ट्विटर र क्लबहाउसको विपरीत, स्पोटिफाईको फाइदा भनेको यसमा संगीत र पोडकास्टहरूको विशाल लाइब्रेरी छ । जसलाई भविश्यमा सम्भवतः ग्रीनरूमसँग एकीकृत गर्न सक्छ ।

यदि तपाईँपनि आईओएसमा यो एप चलाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ ।

Global Bank
easy care

प्रकाशित: ३ असार २०७८, बिहीबार