लक्ष्मी बैंकले ल्यायो युरो कप योजना, ५० एमबिपिएसको इन्टरनेट सेवा १ वर्षसम्म निशुल्क पाईने

Technology Khabar २ असार २०७८, बुधबार

लक्ष्मी बैंकले ल्यायो युरो कप योजना, ५० एमबिपिएसको इन्टरनेट सेवा १ वर्षसम्म निशुल्क पाईने

काठमाडौं ।

लक्ष्मी बैंकले युरो कप योजना ल्याएको छ। बैंकले एफ वान सफ्टसँग मिलेर ‘प्रेडिक्ट एन्ड विन क्याम्पेन’ ल्याएको हो।

यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन (जुन ११) देखी सुरु भएर अन्तिम दिन (जुलाई ११) सम्म जारी रहने बताइएको छ।

यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबिपिएसको १ वर्ष अवधिको इन्टरनेट सब्सक्रिप्सन निशुल्क प्राप्त गर्ने बताईएको छ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ।

मोबाइल मनीका प्रयोगकर्ताले भने सजिलै एपमार्फत् नगद ट्रान्सफर गरेर यसमा सहभागी हुन सक्नेछन्।

मोबाइल मनीको फोन–पे डिरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफूले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ।

क्यम्पेनको अवधिपछि युरो कप विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत् छानिने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २ असार २०७८, बुधबार