आईप्याडको बजार हिस्सा यस वर्षको पहिलो त्रैमासमा पनि बढ्दो क्रममा

Technology Khabar २ असार २०७८, बुधबार

आईप्याडको बजार हिस्सा यस वर्षको पहिलो त्रैमासमा पनि बढ्दो क्रममा

काठमाडौं ।

बजार अनुसन्धान संस्था काउन्टरप्वाइन्टका अनुसार एप्पलको आईप्याड लाइनअपले बजारमा वर्चस्व कायम गरेको छ।

कम्पनीको विश्व ट्याब्लेट बजार हिस्सा वार्षिक ५३ प्रतिशत रहेको छ भने यस वर्षको पहिलो त्रैमासमा यसले ३७ प्रतिशत विश्व बजारको हिस्सा ओगटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा आईप्याडको बजार हिस्सा ३० प्रतिशत रहेको थियो।

उक्त रिपोर्टमा २०२० भरी ट्याब्लेट बजारमा प्रतिस्पर्धा कम भएका कारण एप्पल तथा सामसङलाई निकै फाइदा पुगेको बताइएको छ।

यी दुई कम्पनीले नयाँ मोडलहरु सार्वजनिक तथा प्रवर्द्धन गरेको तथा अन्य ट्याब्लेट निर्माताको बजार साँघुरिएको वा बन्द नै भएको रिपोर्टमा उल्लेख छ।

वरिष्ठ विश्लेषक लिज ली का अनुसार एप्पल आईप्याडको बेस भेरियन्ट सर्वाधिक भए पनि सबै सेगमेन्टको प्रदर्शन अब्बल रहेको बताए।

उनका अनुसार आईप्याडको बेस भेरियन्टले यो वर्षको पहिलो त्रैमासमा ५६ प्रतिशत तथा आईप्याड एयर४ र प्रो मोडलहरुले क्रमश १९ र १८ प्रतिशत हिस्सा ओगटे। आईप्याड ८ सर्वाधिक बिक्री हुनेमा पर्यो भने आईप्याड एयर दोस्रो नम्बरमा पर्यो।

easy care

प्रकाशित: २ असार २०७८, बुधबार