बिटक्वाइन माइन गर्नेलाई धपाउँदै चीन, तीमध्ये अधिकांश टेक्ससतिर जाने सम्भावना

Technology Khabar २ असार २०७८, बुधबार

बिटक्वाइन माइन गर्नेलाई धपाउँदै चीन, तीमध्ये अधिकांश टेक्ससतिर जाने सम्भावना

विश्वका बिटक्वाइन माइनरमध्ये ५० प्रतिशत जति रहेको चीनले छिट्टै बेइजिङबाट बाहिर धपाउने भएको छ।

गत मे महिनामा सरकारले बिटक्वाइन माइनिङ र व्यापारमा उल्लेख्य कमी आएको बताएको थियो भने क्रिप्टो वृत्तमा यसलाई ‘माइनिङ बसाइसराइ’ को नाम दिइएको थियो।

यो प्रवृत्ति अझै रहेको र यसले टेक्ससमा गेमचेन्जरको काम गर्ने आकलन गरिएको छ।

बिटक्वाइन माइनिङमा उर्जा धेरै खपत हुने, यसले वातावरणमा प्रभाव पार्ने तथा नयाँ क्वाइन सिर्जना गरेर तिनीहरुले अहिले रहेका डिजिटल टोकनहरुमा सबै विवरण राख्ने जानकारहरुको बुझाइ छ।

टेक्ससमा उर्जाको मूल्य सन्सारकै सबैभन्दा सस्तो छ। सन् २०१९ मा राज्यको २० प्रतिशत उर्जा हावाबाट उत्पादन गरिएको थियो।

यहाँका राजनेताहरु क्रिप्टोप्रति सकारात्मक रहेको र उर्जाको मूल्य पनि कम भएका कारण माइनरहरुका लागि उपयुक्त स्थान हुन सक्नेछ।

‘केही महिनामा क्रिप्टो क्षेत्रमा नाटकीय परिवर्तन देख्न सकिन्छ’, क्रिप्टो सटही जेमिनीका एक पूर्व सुरक्षा इन्जिनीयर ब्रान्डन अर्बानागीले भने, ‘टेक्ससमा माइनिङलाई प्रवर्द्धन गर्ने ग्रेग एबटजस्ता गभर्नर छन्। यो अमेरिकाको सक्कली र अद्वितीय उद्योगका रुपमा विकास हुनेछ।’

२०२१ को विटक्वाइनको विश्वको तथ्याङ्क उपलब्ध नभए पनि अघिल्ला आँकडा अनुसार विश्वको ६५ देखि ७० प्रतिशत बिटक्वाइन माइनिङ चीनका मुख्गगरी शिन्जियाङ, भित्री मंगोलिया, शिचुआन तथा युनानमा हुने गरेको छ।

TK Viber

प्रकाशित: २ असार २०७८, बुधबार

Loading...