सन् २०२५ बाट विन्डोज १० बन्द गर्दै माइक्रोसफ्ट

Technology Khabar २ असार २०७८, बुधबार

सन् २०२५ बाट विन्डोज १० बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले सन् २०२५ बाट विन्डोज १० अपरेटिङ सिस्टम पूर्णरुपमा बन्द गर्ने भएको छ ।

कम्पनीले जुनको अन्त्यतिर विन्डोज अपरेटिङ सिस्टममा आमूल परिवर्तनको घोषणा गर्न लागेको र यसै क्रममा विन्डोज १० को आधिकारिक रुपमा बन्द हुने जानकारी पनि सार्वजनिक गरेको हो ।

माइक्रोसफ्टले विन्डोज १० सार्वजनिक गर्ने बेला यो विन्डोजको अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने बताएको थियो । हालको निर्णयले उक्त भनाइलाई पुष्टि गरेको छ।

कम्पनीले विन्डोज १० सन् २०१५ मा ‘विन्डोज एज ए सर्भिस भन्ने नाराका साथ’ सार्वजनिक गरेको थियो। त्यसयता विन्डोजको नयाँ संस्करण नल्याइ कम्पनीले विन्डोज १० मै निशुल्क अपडेट गराउने प्रतिबद्धता जनाएको थियो।

माइक्रोसफ्टले विन्डोजलाई विश्राम दिएसँगै त्यसका ठाउँमा आउने नयाँ अपरेटिङ सिस्टमहरु पछिल्ला केही दशककै यताका सर्वाधिक उल्लेखनीय अपडेटको रुपमा रहने बताएको छ।

TK Viber

प्रकाशित: २ असार २०७८, बुधबार

Loading...