चीनले आफ्ना तीन अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष स्टेशन निर्माण गर्न पठाउँदै

Technology Khabar २ असार २०७८, बुधबार

चीनले आफ्ना तीन अन्तरिक्ष यात्रीहरुलाई अन्तरिक्ष स्टेशन निर्माण गर्न पठाउँदै

काठमाडौं ।

चीनले बिहीबार एक उच्च स्तरको मिशनमा तीन अन्तरिक्ष यात्रीहरुलाई कक्षमा पठाउने घोषणा गरेको छ । चार चालक दलहरुको पहिलो मिसन उडान अर्को वर्षको अन्तसम्म देशको अन्तरिक्ष स्टेशन पूरा गर्न काम गर्नेछ ।

चीनले जून १७ तारिख बिहान अन्तरिक्ष यान सेन्झोउ १२ मार्फत नेई हेशेङ्ग, लियू बोमिङ्ग र टाङ्ग होङ्गबोलाई उत्तर पश्चिमी गान्सु प्रान्तको जियुकवानबाट कक्षमा पुर्याउने रोयटर्सले जनाएको छ ।

५६ वर्षिय पूर्व वायुसेना पायलट नेई अन्तरिक्षमा जानको लागि सबैभन्दा अधिक उमेरका पाको चिनियाँ अन्तरिक्ष यात्री हुनेछन्।

सेन्झोउ १२, जसको अर्थ ‘डिवाइन भेसेल’ हो, चीनको अन्तरिक्ष स्टेशन निर्माण गर्न आवश्यक ११ मिसनहरू मध्ये तेस्रो मिसन हो। यो अप्रिलमा टियान्हेको लन्चिङ्गको साथ सुरू भएको थियो जसमा तीन मोड्युलहरूमध्ये पहिलो र सबैभन्दा ठूलो पुर्याईएको थियो ।

सेन्झोउ १२ विमान चालक दल टियान्हेमा बस्नु पर्नेछ, जसको अर्थ हो ‘हार्मोनी अफ द हेभन्स’, यो सिलिन्डर ५५ फिट लामो र १४ फिट व्यासको आकारमा छ ।

नेई, लिउ र टाङ्गले  सो मोड्यूलमा तीन महिना बिताउने छन र सो बसाई कुनै चिनियाँ अन्तरिक्ष यात्रीका लागि सबैभन्दा लामो हुनेछ । यसमा मानिसहरूले आफ्नो तुलनात्मक रूपमा कसरी लामो समय कक्षमा बस्न सक्दछन भनेर हेर्नेछन् ।

यो मिसन समय लामो छ, र हामीले केवल मुख्य मोड्युल स्थापना गर्नेमात्र नभई यो अन्तरिक्षमा घर हो र हामीले निर्णायक टेक्निकल टेस्ट श्रृंखलाबद्ध गर्नुपर्नेछ,’ नेईले भने।

easy care

प्रकाशित: २ असार २०७८, बुधबार

ताजा समाचार