नोकिया ११० फोरजी र १०५ फोरजी फिचर फोन एलटीई कनेक्टिभिटीका साथ सार्वजनिक

Technology Khabar २ असार २०७८, बुधबार

नोकिया ११० फोरजी र १०५ फोरजी फिचर फोन एलटीई कनेक्टिभिटीका साथ सार्वजनिक

एचएमडी ग्लोबलले हालै नोकिया ११० फोरजी तथा १०५ फोरजी मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। यी फोनले आफ्नो नाम अनुसारकै एलटीई कनेक्टिभिटी सपोर्ट गर्दछन्।

काउन्टरपोइन्ट रिसर्चका अनुसार नोकियाले प्रत्येक त्रैमासमा लाखों फिचर फोन बिक्री गर्ने गर्छ। यस वर्षको पहिलो त्रैमासमा पनि कम्पनीले १ करोडभन्दा धेरै फिचर फोन बिक्री गरेको छ।

यी दुवै एलटीई सपोर्ट गर्ने सामान्य फिचर फोन हुन्। यसैले यिनीहरुमा पहिलेको २जी को तुलानामा उच्च गुणस्तरको भ्वाइसओभर कल गर्न सम्भव हुनेछ।  

यी दुवैमा १.८ इन्चको १२०x१६० पिक्सेलको डिस्प्ले रहेको छ भने यिनीहरुले पनि एमपी३ सपोर्ट गर्ने भएकाले स्टोरेज बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ। एफएम रेडियो, एलईडी फ्ल्याश तथा पावरका लागि १०२० एमएएचको ब्याट्री दिइएको छ। यसको आधिकारिक मूल्य सार्वजनिक भएको छैन।  

TK Viber

प्रकाशित: २ असार २०७८, बुधबार

Loading...