के खराब मौसमले तपाईँको इन्टरनेट कनेक्सनलाई असर गर्दछ ? यहाँ थाहा पाउनुहोस्

Technology Khabar २ असार २०७८, बुधबार

के खराब मौसमले तपाईँको इन्टरनेट कनेक्सनलाई असर गर्दछ ? यहाँ थाहा पाउनुहोस्

काठमाडौं ।

यदि तपाईंको आफ्नो मनपर्ने सिनेमा वा गेम अनलाइनमा हेरिरहेको बेला वा नेटफ्लिक्स कनेक्सन अधिक वर्षाको समयमा टुट्यो भने, के तपाईं यसको लागि खराब मौसमलाई दोष दिनुहुन्छ? यो हुने धेरै सम्भावना छ।

मौसमले धेरै तरीकाले तपाईको इन्टरनेट कनेक्सनको परफरमेन्सलाई असर गर्न सक्छ। यसले नेटवर्कमा भौतिक क्षति, विद्युतीय कनेक्सनहरूमा पानी प्रवेश, र वायरलेस सिग्नलमा हस्तक्षेप जस्ता विषयहरू समावेश गर्न सक्दछ।

केहि प्रकारहरुका कनेक्शनहरु अरुहरु भन्दा मौसमको लागी अधिक संवेदनशील छन्। मौसमको प्रतिकृयामा अन्य मानिसहरुको व्यवहारले तपाईँको इन्टरनेट जडानमा पनि असर गर्न सक्छ।

वर्षाले कसरी तपाईँको इन्टरनेट कनेक्सनलाई असर गर्नसक्छ

इन्टरनेट कनेक्सनहरू हाम्रो घरहरूमा हुने राउटरहरू र केबलहरू भन्दा धेरै जटिल छ। हाम्रो घरहरू र हामीले ब्राउज गरिरहेका वेबसाइटहरू बीच त्यहाँ धेरै नेटवर्किङ्ग डिभाइसहरू, केबलहरू, कनेक्सनहरू हुने गर्दछन्।

एउटा इन्टरनेट कनेक्सनमा पुरानो फोन नेटवर्कमा प्रयोग गरिएको तामाको तार अर्थात कपर केबल र आधुनिक फाइबर अप्टिक कनेक्सनहरू सहित विभिन्न प्रकारका भौतिक लिंकहरू समावेश गर्न सक्छ। यसले वायरलेस कनेक्टिभिटीहरू, वाईफाई, माइक्रोवेभ र स्याटेलाइट रेडियो जस्ता विषय समावेश गर्न सक्दछ।

वर्षाले केबललाई भौतिक क्षति पुर्‍याउन सक्छ, खास गरी जहाँ दूरसञ्चार सेवा प्रदायकका नेटवर्कले पुरानो पूर्वाधार प्रयोग गरिरहेका हुन्छन् । उनीहरुलाई भूमिगतरुपमा राखिएको होस वा पोलहरुमा झुड्याएर राखिएको होस् ।

एडिएसएस- शैलीका कनेक्सनहरू, जसले पुरानो फोन नेटवर्कहरू प्रयोग गर्दछ, विशेष रूपमा यस प्रकारको अवस्थामा संवेदनशिल हुन्छन्।

नेपालका प्रमुख राजमार्गसहित कतिपय स्थानमा इन्टरनेटको केबल भूमिगत राखिएको छ, त्यसैले यदि बाढी आयो भने चिसो वा ओस केबुलहरू वा उनीहरूका कनेक्टरहरूमा पुग्न सक्दछ। यसले ब्यान्डविथ कम गरेर वा विद्युतीय सर्ट सर्किटहरूको कारणले सिग्नलहरूलाई उल्लेखनीय रूपमा प्रभावित गर्न वा ब्लक गर्न सक्दछ। तर यसले तपाईँको घरेलु कनेक्सन मात्र प्रभावित हुने होईन् अन्यत्र पनि असर पर्दछ ।

त्यसैगरि घर वा भवन बाहिर वायरलेस सिग्नल वर्षाबाट प्रभावित हुन सक्छ किनकि पानीको थोपाले सिग्नललाई आंशिक रूपमा सोस्न सक्दछ, परिणामस्वरूप कभरेजको स्तर कम हुन्छ। यसको प्रभाव वर्षा बन्द भएपछि पनि महसुस गर्न सकिन्छ। उच्च आर्द्रताले वायरलेस सिग्नल शक्तिलाई असर गर्न जारी राख्न सक्छ र स्लो कनेक्सन स्पीडलाई निम्त्याउँछ।

कपर केबल र परिवर्तित ब्यवहार

यदि तपाईँको इन्टर्नेट कनेक्सनका लागि एडिएसएल वा केबल इन्टरनेट प्रयोग गर्दै हुनुहुन्छ भने, यो सम्भव छ कि केहि भागमा तामाको तार प्रयोग गरिएको छ। यी केबलहरू डाटाको सट्टा ध्वनि संकेतहरु बोक्न डिजाइन गरिएका थिए, र यी निकै पुराना प्रविधि हुन् । अझैपनि कतिपय नेपालीहरुको घरमा कपर केबलमा आधारित इन्टरनेट सेवा प्रयोगमा छ ।

यस बाहेक मानिसहरुको व्यवहार समेत कारक बन्दछ। जब वर्षा हुन्छ, धेरै मानिसहरु घर भित्रै बस्ने वा घरबाटै काम गर्ने निर्णय गर्न सक्दछन्। यसले अनिवार्य रूपमा नेटवर्क उपयोगमा बृद्धि गर्दछ। जब ठूलो संख्यामा व्यक्तिले उनीहरूको इन्टरनेटको उपयोग बढाउँछन्, सीमितरुपमा उपलब्ध ब्यान्डविथ छिटो खपत हुन्छ, परिणामस्वरूप सिग्नलिङमा कमी आएको हुन्छ । यो केवल तपाईको घर भित्र मात्र हुनेछैन, किनकी तपाईँको ट्राफिक जस्तै अन्य घरहरू र अन्ततः सम्पूर्ण शहरहरू र देशहरूकै ट्राफिक नेटवर्कको बोझ बढ्न थाल्दछ र इन्टरनेट सुस्त हुन्छ ।

गर्मी मौसम र हावाहुरीको समय

तातो मौसममा समस्या हुनसक्दछ । हाम्रो नेटवर्किङ्ग उपकरणहरू अत्यधिक तातो हुँदा सुस्त हुने सम्भावना हुन्छ । त्यसले केबललाई पनि क्षति पुर्‍याउन सक्दछ जसले कनेक्सनलाई पनि असर गर्न सक्दछ।

कल्पना गर्नुहोस्-तपाईंको कम्प्युटरको फ्यान चलिरहेको छैन र उपकरण अत्यधिक तातो भइरहेको छ भने आखिरमा यो बिग्रने हुन्छ । सेवा प्रदायकहरुले कतिपय बेलामा इन्टरनेटमा जोडिएको राउटरलाई तात्नबाट बचाउन बेला-बेलामा बन्द गर्ने अर्थात स्वीच अफ गर्न भन्ने गर्दछन् । यसको कारण पनि यहि हो । जबकि कतिपय बेला उपकरण ठीक हुन सक्छतर यस्तो सम्भावना हुन्छ कि त्यहाँ बिजुली आपूर्ति अवरोध हुनसक्छ । समान समस्याले हाम्रो इन्टरनेट कनेक्सन नियन्त्रण गर्ने नेटवर्किङ्ग उपकरणहरूलाई पनि असर गर्न सक्छ।

ग्रामीण प्रयोगकर्ताहरूका लागि स्याटेलाइट इन्टरनेट सेवाहरू खराब मौसमको समयमा कमजोर हुनसक्छ, किनभने स्याटेलाइट संकेतहरूले हावामा लामो दूरीको यात्रा गर्नुपर्दछ । रेडियो सिग्नल सामान्यतया हावाबाट प्रभावित हुँदैन, तर कडा हावाहुरीको कारण स्याटेलाइट डिश जस्तो हार्डवेयरलाई घुमाईदिन सक्दछ, यसमा कम्पन हुनसक्छ वा राखिएको स्थानबाट सर्ने, वा तिब्र हावाले उडाउन सक्दछ।

धेरै जसो समय, मानव व्यवहार नै मुख्य कारण हो, प्रायः प्रयोगकर्ताहरूको लागि वर्षाको प्रभाव थोरै मात्र हुन्छ -जबसम्म केबल वर्षामा वा बाढीमा डुब्ने जस्ता महत्वपूर्ण समस्याबाट भौतिकरूपमा प्रभावित हुँदैनन्, वा हावाहुरीको समयमा घर बाहिर वाईफाई एक्सेस गर्न कोशिस गर्दैछन्।

त्यसो भए, के मौसमले तपाइँको इन्टर्नेट जडानलाई असर गर्न सक्छ? पक्कैपनि । त्यसोभए के अधिकांश प्रयोगकर्ताहरू पनि प्रभावित हुनेछन्? होईन् असम्भव ।

अब यदि तपाइँको मनपर्ने सिनेमा युट्युबमा वर्षाको समयमा सुस्त चलिरहेको छ भने, यसमा अन्य मानविय व्यवहारलाई दोष दिने सम्भावना सबैभन्दा बढी छ। एजेन्सीहरुका साथमा

Global Bank
easy care

प्रकाशित: २ असार २०७८, बुधबार

ताजा समाचार