गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा सूचना प्रविधि पार्क तथा सञ्चारग्राम निर्माण गरिने

Technology Khabar १ असार २०७८, मंगलवार

गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा सूचना प्रविधि पार्क तथा सञ्चारग्राम निर्माण गरिने

काठमाडौं ।

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेबारी लिएका सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले गण्डकी विश्वविद्यालयअन्तरगत सूचना प्रविधि विषय र शिक्षण अस्पताल स्थापना गर्ने घोषणा गरेका छन् ।

त्यसैगरि प्रदेशमा विज्ञा तथा प्रविधिको अध्ययन अनुसन्धान र विकासका लागि गण्डकी विज्ञान तथा प्रविधि प्रतिष्ठानको सञ्चालन, प्रयोगशालाको स्थापना लगायतका कार्यक्रमका लागि समेत बजेट व्यवस्था गरेको बताए ।

उनले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकार र युवा उद्यमीहरुबीच लगानी साझेदारीमा ‘उद्यमी युवाः समृद्ध प्रदेश निर्माणमा टेवा’ भन्ने कार्यक्रम घोषणा गरे ।

यसका साथै नेपाल सरकारसँगको सहलगानीमा सूचना प्रविधि पार्क तथा सञ्चारग्राम निर्माण गर्ने घोषणा गरेका छन् ।

त्यसैगरि प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्न विद्युतीय सुशासन गुरुयोजना तर्जुमा गर्न आवश्यक व्यवस्था गरिएको आगामी आवको बजेटमार्फत घोषणा गरे ।

यस बाहेक गण्डकी प्रदेशले सवारी साधनमा डिजिटल प्रणाली लागू गरी सहरी याततायातलाई प्रविधि मैत्री बनाउन ई टिकट एर्व भुक्तानीको व्यवस्था गर्ने भएको छ । यातायात कार्यालयबाट हुने सबै प्रकारका सेवालाई प्रविधिमैत्री बनाउन आवश्यक स्रोतको व्यवस्था गरेको छ ।

gandaki
Global Bank
easy care

प्रकाशित: १ असार २०७८, मंगलवार