प्रदेश नं २ मा उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न २८ करोड ५० लाख रुपैयाँ विनियोजन

Technology Khabar १ असार २०७८, मंगलवार

प्रदेश नं २ मा उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न २८ करोड ५० लाख रुपैयाँ विनियोजन

काठमाडौं ।

प्रदेश नं २ ले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मंगलबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आफ्नै प्रदेश मुद्रण छापाखाना स्थापना गर्ने घोषणा गरेका छन् ।

उनले बजेमार्फत सूचना तथा समाचारको सम्प्रेषणलाई व्यवस्थित बनाउन छापाखाना स्थापना कार्यलाई निरन्तरता दिँदै कार्य सम्पन्न गर्न २ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

उनले सार्वजनिक सेवालाई प्रविधि मन्त्री बनाउने भन्दै आयोजना कार्यान्वयनको प्रभावकारी अनुगमन प्रणाली तयार गरी लागु गर्न आवश्यक बजेट व्यवस्थापन गरेको घोषणा गरे ।

यसका साथै आगामी आवमा उद्यमशीलतामार्फत रोजगारीका अवसर सिर्जना गर्न २८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए ।

बजेट-बक्तव्य-२०७८
easy care

प्रकाशित: १ असार २०७८, मंगलवार