भारतमा टेलिकम कम्पनी भारती एयरटेलको फाइभजी परीक्षण नेटवर्क सुरु

Technology Khabar १ असार २०७८, मंगलवार

भारतमा टेलिकम कम्पनी भारती एयरटेलको फाइभजी परीक्षण नेटवर्क सुरु

काठमाडौं ।

छिमेकी देश भारतमा सरकारले टेलिकम अपरेटर्सलाई आउँदो जेनरेशनको सेलुलर नेटवर्क टेक्नोलोजीमा परीक्षणहरू गर्न दिएसँगै गुरुग्राममा भारती एयरटेलले ५जी ट्रायल नेटवर्क सुरु गर्‍यो। भारतले टेलिकम अपरेटर्सलाई केहि महिना अघि मात्रै फाइभजी परीक्षणको लागि स्पेक्ट्रम उपलब्ध गराएको थियो ।

सो टेलिकम कम्पनीले यसको ५जी नेटवर्क अधिकतम गति १ जीबीपीएसमा दिईरहेको ग्याजेट्स ३६० ले जनाएको छ ।

हाल परीक्षण चलिरहेको साइटमा ३५०० मेगाहर्ट्ज ब्यान्डमा फाइभजी अपरेटिङ्ग गरिरहेकोछ छ। यस वर्षको सुरूमा, एयरटेलले १८०० मेगाहर्ट्ज ब्यान्डमा उदारीकरण स्पेक्ट्रम प्रयोग गरी यसको ५ जी नेटवर्क प्रदर्शन गरेको थियो ।

५ जी ट्रायल नेटवर्क अब गुरुग्रामको साइबर हबमा प्रत्यक्ष उपलब्ध भएको सो कार्यसँग परिचित एक स्रोतलाई उल्लेख गरेर ग्याजेट्स ३६० ले जनाएको छ । एयरटेलले स्विडेनी उपकरण निर्माता एरिक्सनको साझेदारीमा परीक्षण चलाइरहेको छ।

प्रारम्भिक परीक्षण पछि, एयरटेलले आउने दिनमा मुम्बईमा पनि यस्तै टेस्ट चलाउने योजनामा छ ।

एयरटेलले ट्रायलको बेला १ जीबीपीएस भन्दा बढिमा यसको ५ जी नेटवर्क डेलिभर गर्दैछ। यो सामान्यतया भारतमा एक फोरजी नेटवर्कमा प्राप्त उपभोक्ता स्पीड भन्दा निकै तिब्रगतिको हो ।

ओक्लाका अनुसार, विश्वभर मोबाइल इन्टरनेट गतिको हिसाबले भारत १३० औं स्थानमा छ, औसत डाउनलोड गति १२.५१ एमबीपीएस र  अपलोड गति ४.७९ एमबीपीएसको रहेको छ ।

गत मे महिनामा सरकारले भोडाफोन जियो र एयरटेललाई ५जी नेटवर्क परीक्षणको अनुमति दिएको थियो ।

Global Bank
easy care

प्रकाशित: १ असार २०७८, मंगलवार

ताजा समाचार