अनरद्वारा १०औं जेनेरेशनको इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक एक्स१४ र एक्स१५ सार्वजनिक

Technology Khabar १ असार २०७८, मंगलवार

अनरद्वारा १०औं जेनेरेशनको इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक एक्स१४ र एक्स१५ सार्वजनिक

काठमाडौं ।

चिनियाँ टेक कम्पनी अनरले हालै म्याजिकबुक एक्स सिरिजका ल्यापटपहरु सार्वजनिक गरेको छ।

यो सिरिजका हाल सार्वजनिक गरिएका आल्मुनियम बडी भएको म्याजिकबुक एक्स१४ र एक्स१५ ल्याएको हो।

यी दुवै नोटबुकहरुमा इन्टेलको १०औं जेनेरेशन प्रोसेसर रहेका छन् भने कोर आई५ १०२१०यू र कोर आई३ १०११०यू तथा ८ जीबी र १६ जीबी डीडीआर४ र्याम भेरियन्टमा उपलब्ध छन्।

तिनीहरुमा २५६ र ५१२ जीबी एसएसडी स्टोरेज राखिएको छ भने ६५ वाट फास्ट चार्जिङ सुविधासहितको ५६ वाट आवरको ब्याट्री र यूएसबी-सी कनेक्टर दिइएको छ।  

म्याजिकबुक एक्स१४ मा १४ इन्चको फुल एचडी डिस्प्ले रहेको छ भने एक्स१५ मा १५.६ इन्चको रहेको छ। यी दुवैमा यूएसबी-ए ३.० पहिलो जेनेरेशन, यूएसबी-सी, यूएसबी-ए २.० तथा पुरा साइजको एचडीएमआई र ३.५  अडियो ज्याक राखिएका छन्।

म्याजिकबुक एक्स१४ रुसमा ६९० डलर तथा एक्स१५ ७३० डलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

easy care

प्रकाशित: १ असार २०७८, मंगलवार