क्यूआर कोडमार्फत हुने कारोबार सङ्ख्या १ लाख ९ हजारको हाराहारीमा घट्यो

Technology Khabar ३१ जेष्ठ २०७८, सोमबार

क्यूआर कोडमार्फत हुने कारोबार सङ्ख्या १ लाख ९ हजारको हाराहारीमा घट्यो

नेपालमा २०७८ साल वैशाख मसान्तसम्म क्यूआर कोडमार्फत २ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा वैशाख मसान्तसम्ममा क्यूआर कोडमार्फत भएको कारोबार संख्या ६ लाख ३५ हजार ७३८ रहेको तथ्याङ्क छ।

चैत मसान्तसम्ममा यो कारोबारको संख्या ७ लाख ८२ हजार ४७१ रहेको थियो। यसरी हेर्दा चैत मसान्तभन्दा वैशाख मसान्तसम्मा क्यूआर कोडमार्फत् भएको जम्मा कारोबार संख्या १ लाख ९ हजार ७८२ ले कम हो।

अघिल्लो महिनामा क्यूआर कोडमार्फत् २ अर्ब ७२ करोड २० लाख रुपैयाँको कारोबार भएकामा चैत मसान्तसम्ममा आउँदा यो रकम घटेर २ अर्ब ५२ करोड ९० लाख रुपैयाँमा झरेको छ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा १९ करोड ३० लाख रुपैयाँले कमी आएको छ।

TK Viber

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार

Loading...