रियलमी एक्स९ प्रो को विवरण फेरि बाहिरियो, रेनो६ प्रो+ जस्तै हुने

Technology Khabar ३१ जेष्ठ २०७८, सोमबार

रियलमी एक्स९ प्रो को विवरण फेरि बाहिरियो, रेनो६ प्रो+ जस्तै हुने

काठमाडौं ।

रियलमी एक्स९ प्रो को नयाँ विवरण बाहिरिएको छ जस अनुसार यो डिभाइस ओपोको रेनो ६ प्रो जस्तै हुने बुझिएको छ।

गत हप्ता रियलमीको आरएमएक्स३३६६ मोडल नम्बरको स्मार्टफोनको मुख्य विवरण र फोटो टीना साइटमा देखा परेको थियो।  

बजारमा चलेका हल्ला अनुसार कम्पनीले यो मोडललाई रियलमी एक्स९ प्रो को नाममा चीनमा सार्वजनिक गर्ने भएको छ। चीनका एक टिपस्टरले यसका बारेमा विवरण र यूजरले यसबाट के के अपेक्षा गर्न सक्छन् भन्ने बारेमा जानकारी पोस्ट गरेका हुन्।

उनका अनुसार रियलमी एक्स९ प्रो मा ९० हर्ज रिफ्रेश रेट सहितको ६.५५ सामसङ ई३ सुपर एमोलेड डिस्प्ले रहनेछ। टीनामा आएको विवरणमा यस्को रेजोल्युशन १०८०x२४०० पिक्सेलको फुल एचडी+ हुनेछ।

यसैगरी यसमा स्न्यापड्रागन ८७० चिपसेटका साथमा एलपीडीडीआरएक्स र्याम तथा यूएफएस ३.१ स्टोरेज दिइनेछ। यसलाई पावर दिनका लागि ४५०० एमएएचको ६५ वाट सुपरभीओओसी २.० फिचरयुक्त ब्याट्री

ओपो रेनो ६ प्रो+ जस्तै

सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामरा साथै पछाडि ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ।

यो ८ जीबी र्याम र १२८ वा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ र यसको मूल्य स्टोरेज अनुसार ४२२ र ४६९ डलर तोकिएको छ।

टिपस्टरका अनुसार रियलमी एक्स९ प्रो र ओपो रेनो ६ प्रो+ लगभग उस्तै छन्। यी दुईमा चिपको मुख्य भिन्नताबाहेक अन्य स्पेसिफिकेशन उस्तै रहेका छन्। चिपसेटका हकमा भने रेनो ६ प्रो+ मा डाइमेन्सिटी १२०० र रियलमीमा स्न्यापड्रागन ८७० राखिएको छ।  

easy care

प्रकाशित: ३१ जेष्ठ २०७८, सोमबार